विश्वप्रकाशले भने– म उम्मेदवार बन्दिनँ, पार्टीका उम्मेदवार जिताउन अहोरात्र खट्छु
सारांश
- विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने बताएका छन्।
- शर्माले देशभरका कांग्रेस उम्मेदवारहरूलाई जिताउन चुनावी अभियानमा केन्द्रित हुने बताए।
- उनले पार्टीलाई पहिलो शक्ति बनाउन व्यक्तिगत लाभभन्दा माथि उठेर काम गर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने बताएका छन् ।
निर्वाचन आयोगले शुक्रबार गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि फेसबुक लाइभमार्फत सम्बोधन गर्दै शर्माले आफू उम्मेदवार नबनी देशभरका कांग्रेस उम्मेदवारहरूलाई जिताउन चुनावी अभियानमा केन्द्रित हुने बताए ।
’म यसपटक उम्मेदवार बन्दिनँ, चुनावी मैदान साथीहरूका लागि छोडिदिएको छु,’ उनले भने, ’देशभरका नेपाली कांग्रेसका उम्मेदवारहरूलाई जिताउन म अहोरात्र खट्नेछु । व्यक्तिगत लाभभन्दा माथि उठेर पार्टीलाई पहिलो शक्ति बनाउनु मेरो मुख्य जिम्मेवारी हुनेछ ।’ झापा क्षेत्र नं १ बाट यसअघि उम्मेदवार बन्दै आएका शर्माले यसपटक आफू उम्मेदवार नबन्ने र नयाँलाई मार्गप्रशस्त गर्ने स्पष्ट पारेका हुन् ।
आयोगको निर्णयले गगन थापा नेतृत्वको समितिलाई वैधानिकता दिएसँगै कांग्रेस अब नयाँ ऊर्जाका साथ निर्वाचनमा होमिएको शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण