प्रतिनिधि सभा सदस्यका लागि सिफारिस सूचीबाट नाम हटाउन नेता खड्काको माग
शनिबार, ०३ माघ २०८२, ०८ : १९
सारांश
- डा. नारायण खड्काले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारको सूचीबाट आफ्नो नाम हटाउन माग गरेका छन्।
- उनले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयलाई पत्र लेख्दै आफ्नो नाम हटाउन अनुरोध गरेका हुन्।
- खड्काले कोशी प्रदेश कार्यसमितिलाई आफ्नो नाम सूचीबाट हटाउन अनुरोध गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेस, कोशी प्रदेश कार्यसमितिले उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रस्तावित उम्मेदवारहरूको सिफारिस सूचीमा परेका डा. नारायण खड्काले आफ्नो नाम सूचीबाट हटाउन माग गरेका छन्।
खड्काले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै एक पत्र लेखेका छन्। खड्काले केन्द्रीय कार्यालयको सम्बन्धित निकायलाई आफ्नो यो अनुरोध जानकारी गराइदिन आग्रह गरेका छन्।
'नेपाली कांग्रेस कोशी प्रदेश कार्य समितिबाट उदयपुर क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य २०८२ को लागि उम्मेदवारहरूको प्रस्तावित सिफारिस सूचीमा मेरो पनि नाम राखिएकोमा मेरो नाम सो सूचीबाट हटाइ दिनु हुनको लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको सम्बन्धित निकायलाई मेरो यो पत्रको जानकारी गराइ दिनु हुन अनुरोध गर्दछु,' खड्काले आफ्नो पत्रमा उल्लेख गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण