प्रत्यक्षतर्फका उम्मेदवार टुङ्ग्याउन एमाले सचिवालय बैठक बस्दै
सारांश
- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ।
- निर्वाचनका लागि उम्मेदवार मनोनयनको कार्यक्रम माघ ६ गते रहेकाले एमालेले त्यसअघि नै नामावली टुङ्गो लगाउने भएको हो।
- एमालेका अनुसार अहिलेसम्म करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा आएको छ र सबै निर्वाचन क्षेत्रमा सूर्यवाहक उम्मेदवार उठाउने तयारी छ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन आज नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन लागेको हो।
प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीहरूले यसअघि नै सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन्। हालसम्मको सिफारिस अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा आएको छ।
अहिलेसम्म अन्य कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन गर्ने औपचारिक निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा आफ्नै चुनाव चिह्न सूर्यवाहक उम्मेदवारहरू उठाउने तयारी गरेको छ।
दुर्गम क्षेत्रका उम्मेदवारहरूलाई मनोनयनका लागि सम्बन्धित निर्वाचन क्षेत्र पुग्न समय लाग्ने भएकाले पनि सचिवालयले भोलि नै नामहरू टुङ्ग्याउन लागेको शाहीले जानकारी दिए। यसअघि सम्पन्न केन्द्रीय कमिटी बैठकले उम्मेदवार चयनको अन्तिम जिम्मेवारी सचिवालयलाई दिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण