उम्मेदवार चयनको चटारो
एमाले सचिवालय बैठकमा सहभागी हुन पुगे नेताहरू, तस्बिरमा हेर्नुहोस्
शनिबार, ०३ माघ २०८२, १४ : १९
सारांश
- एमाले सचिवालय बैठकमा नेताहरू आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भेला भएका छन्।
- बैठकले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउनेछ।
- माघ ६ गते उम्मेदवार मनोनयनको कार्यक्रमअघि नै एमालेले नामावलीलाई अन्तिम रूप दिनेछ।
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुन नेताहरू पार्टी कार्यालय पुगेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउन एमालेको सचिवालयको बैठक बोलाइएको हो।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले एमालेले त्यसअघि नै उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिन लागेको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले बताए ।
एमालेका क्षेत्रीय समन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीहरूले यसअघि नै सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन्। हालसम्मको सिफारिस अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताहरूको नाम सर्वसम्मत रूपमा आएको छ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण