२० लाख दिएपछि नेता शर्माले भने : सुपर ८ मा पुगे फेरि २० लाख दिन्छु
काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा नेपाली क्रिकेट टिम पुगेमा नेपाली टोलीलाई २० लाख रुपैयाँ दिने घोषणा गरेका छन् । नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार आयोजना गरेको विश्वकप क्रिकेट खेल्न जाने टोलीको बिदाई कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् ।
डा. शर्माले क्रिकेटसँग आफू नजिक रहेको पनि बताए । उनले क्रिकेट टोलीको परिवारसहितको उपचारको जिम्मा पनि आफूहरुले लिएको पनि जानकारी दिए । दुई वर्षको लागी क्यानसँग खेलाडी र उनीहरुको परिवारको उपचारको काठमाडाैँ मेडिकल कलेजले सम्झौता गरेको उनको भनाइ छ । उनले उक्त सम्झौता सकिएपछि फेरि नविकरण गर्ने समेत जानकारी दिए । उनले निजी क्षेत्रलाई समेत समावेश गरि खेलाडीहरुलाई उचित पेन्सन सुविधा उपलब्ध गराउन सरकारसँग माग गरे ।
उनले खेलाडीहरुको व्यवस्थापन गर्न राज्यले समयमा नै ध्यान दिनुपर्ने बताए । खेलाडीहरुले सन्यास लिएपनि आर्थिक अभावमा समस्या भोग्नुपर्ने स्थिति आउन नदिन सबैले ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘सुपर ८ सेभिङमा तपाईंहरु पर्नुभयो भने २० लाख रुपैयाँ लिएर तपाईंहरुसँग आउनेछौँ । चन्द दाइसँगको व्यक्तिगत कारणले पनि हामी क्रिकेटसँग नजिक भयौँ । तपाईंहरुको उपचारको जिम्मा हामीले लिएको छ, परिवार सहितको । दुई वर्षको सम्झौता हामीले गरेको होला, त्यो कहिले सकिन्छ, भन्नुस् । त्यसलाई हामी फेरि कार्यक्रम राखेर नवीकरण गरिदिन्छौँ ।’
उनले थप भने, ‘सरकारलाई पनि म के आह्वान गर्न चाहन्छु भने निजी क्षेत्रहरुलाई पनि समावेश गराउँदै खेलाडीहरुलाई पेन्सन उपलब्ध गराउनुपर्छ । अहिले खेल्दा खेल्दै त सुविधा होला, अझ यसलाई थप गर्ने र १० वर्ष खेलिसकेपछि के त ? रिटायरमन्ट । सरकारको जागिरबाट रिटायरमेन्ट हुने चाहीँ पेन्सन पाउने अनि दुनियाँभरि चिनाउने खेलाडीहरुचाहिँ फेरि अर्कोतिर जानुपर्ने स्थितिको अन्त्य होस् । पेन्सनको व्यवस्था होस् ।’
आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुने खेलाडीहरुलाई विदाइ गरिएको हो । टोलीलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतले शुभकामना दिएका थिए । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण