सर्लाहीमा नेकपाले उम्मेदवार टुंगो लगायो, नारायणकाजी मधेस झरे
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मधेस प्रदेशको सर्लाही जिल्लाका लागि उम्मेदवारहरूको टुंगो लगाएको छ ।
पार्टीले सार्वजनिक गरेको जानकारीअनुसार सर्लाही क्षेत्र नम्बर ३ बाट नारायणकाजी श्रेष्ठ र क्षेत्र नम्बर २ बाट महिन्द्र राय यादव प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका छन् ।
पार्टीका अनुसार सर्लाही क्षेत्र नम्बर ४ बाट शिवपुजन यादवका छोरा अभिनाष यादव र क्षेत्र नम्बर १ मा भने सुरेश काफ्लेको नाम चर्चामा रहेको बताइएको छ ।
यस पटक नारायणकाजी गोरखा छाडेर मधेस प्रदेशको चुनावी मैदानमा उत्रिएका हुन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी गोरखा क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । हाल उनी राष्ट्रिय सभा सदस्य छन् ।
सर्लाही क्षेत्र नम्बर २ का उम्मेदवार महिन्द्र राय यादवको चुनावी प्रतिस्पर्धा यस पटक पनि रोचक हुने भएको छ । उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै निर्वाचन क्षेत्रमा राजेन्द्र महतोलाई पराजित गरेका थिए । आगामी फागुन २१ गते हुने निर्वाचनमा यादव र महतोबिच पुनः कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण