रुस गएका दिनेश दुई वर्षदेखि सम्पर्कविहीन, भएका थिए रुसी सेनामा भर्ती
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बह्मदेवका २३ वर्षीय दिनेश नायक विसं २०८० असारमा अध्ययन गर्न रुस गएका थिए । त्यहाँ पुगेको दुई महिनापछि रुसी सेनामा भर्ति भएको जानकारी परिवारलाई गराएका थिए ।
बुवा कर्णसिंह नायकका अनुसार त्यतिबेला परिवारले दिनेशलाई सेनामा नजान सम्झाएका दिनेशले मानेका थिएनन् । “हामीले सेनामा नजाउ बरु घरमा आउँ भनेर सम्झाउँदा मानेनन् ।” दिनेशका बुबा कर्णसिंहले भने, “१०–१५ दिनका लागि युद्धमा जान्छु आएपछि फोन गर्छु भन्थ्यो, १०–१५ दिनको अन्तरमा फोन गर्ने गथ्र्यो, तर विसं २०८० मङ्सिर १० गतेपछि छोरासँग सम्पर्क हुन सकेको छैन ।” सोही मितिमा अन्तिम पटक छोरासँग सम्पर्क भएको थियो । त्यसयता दिनेशका आमा बुवा विक्षिप्त छन् ।
परिवारले दुई वर्षयता दिनेशको अवस्था थाहा पाउन सकेको छैन । पढाइका लागि भनेपछि ऋण खोजेर विदेश पठाइएको छोरा सम्पर्कविहीन भएपछि परिवारमा छोराको चिन्ता छ छँदैछ, ऋण तिर्ने चिन्ताले पनि पिरलेको छ । रुस पुगेपछि कलेजमा भर्ना भएका दिनेश बिदाको समय मिलाएर काम गर्न थालेका थिए ।
एक महिना काम गरेर घरमा नेपाली रु ५० हजार पठाएको बुवाले बताए । “भदौ १२ गते फोन गरेर रसियन आर्मीमा भर्ना भएको सुनायो, त्यतिबेलै चिन्ता लाग्न थालिसकेको थियो”, बुवा कर्णले भने, “प्रलोभनमा परेर हाम्रो कुरा टारेर रुसी सेनामा गयो ।”
दिनेशका मामाका छोरा रोहनसँगै अध्ययनका लागि रसिया गएका थिए । रोहन दिनेशभन्दा एक महिनाअघि त्यहाँको सेनामा भर्ति भएका थिए । रोहनलाई देखेर दिनेश सेनामा भर्ना भएको बुवा कर्णसिंहले बताए । “रोहन नौ महिनामा भागेर घर फर्कियो, मेरो छोराको अत्तोपत्तो छैन”, उनले भने, “छोराको खोजीका लागि सरकारसँग हारगुहार गर्दा हालसम्म पहल भएको छैन ।”
उनले छोराको खोजीका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएको जानकारी दिए । परराष्ट्र मन्त्रालयले दिनेशलाई नेपाल फिर्ता पठाउन आवश्यक पहल गरिदिन विसं २०८१ साउन १४ गते मस्कोस्थित नेपाली दूतावासलाई पत्राचार गरिसकेको छ । तर, अहिलेसम्म थप जानकारी परिवारले पाउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण