उम्मेदवार टुङ्गो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै
आइतबार, ०४ माघ २०८२, ०७ : ०४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ।
- बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुनेछ।
- पार्टीले प्रत्यक्ष उम्मेदवार चयनबारे छलफल गर्नेछ, निर्वाचन आयोगले उम्मेदवारी पेस गर्न समय तोकेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने बताइएको छ ।
निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोले राजनीतिक दलहरू उम्मेदवार चयनमा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण