सिन्धुपाल्चोक–१ मा नेकपाबाट सापकोटा बने उम्मेदवार
आइतबार, ०४ माघ २०८२, १० : ४९
सारांश
- नेकपाले सिन्धुपाल्चोक-१ मा माधव सापकोटा (सुबोध) लाई उम्मेदवार बनाएको छ।
- सुबोध २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
- आगामी निर्वाचनमा सुबोध विरुद्ध एमालेका आङदोर्जे शेर्पा उम्मेदवार छन्।
सिन्धुपाल्चोक । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक–१ मा माधव सापकोटा (सुबोध)लाई उम्मेदवर बनाएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोक–१ का लागि सुबोधलाई टिकट दिएका हुन् ।
सुबोध गत २०७९ को निर्वाचनमा सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । जनयुद्धकालीन राजनीतिबाट हुर्केका उनी २०७९ मा पहिलो पटक उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए ।
अग्निप्रसाद सापकोटाकाले युवा पुस्तालाई प्रतिस्पर्धामा पठाउने गरी चुनावी मैदान छाडेपछि सापकोटाका भतिज सुबोधले अवसर पाएका थिए । सो निर्वाचनमा उनले एमालेका सरेश नेपाललाई पराजित गरेका थिए ।
आगामी निर्वाचनमा उनी विरुद्ध एमालेका आङदोर्जे शेर्पा उम्मेदवार बनाएको छ भने कांग्रेसको उम्मेदवार छनौट हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण