मुस्ताङमा एमालेले विष्टलाई बनायो उम्मेदवार
सारांश
- नेकपा एमालेले मुस्ताङमा फागुन २१ गतेका लागि इन्द्रधारा विष्टलाई उम्मेदवार बनाएको छ।
- विष्ट उपल्लो मुस्ताङबाट प्रतिनिधि सभा सदस्यका लागि टिकट पाउने पहिलो व्यक्ति हुन्।
- कांग्रेस र रास्वपाले भने अझै उम्मेदवार टुंगो लगाएका छैनन्।
मुस्ताङ । नेकपा एमालेले आगामी फागुन २१ का लागि उम्मेदवारको टुंगो लगाएको छ । शनिबार राती गण्डकीका १८ वटै क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको हो । जसअन्तर्गत हिमाल पारीको जिल्ला मुस्ताङमा इन्द्रधारा विष्टलाई उम्मेदवार बनाइएको छ ।
उनी प्रतिनिधि सभा सदस्यका लागि उपल्लो मुस्ताङबाट टिकट पाउने पहिलो उम्मेदवार हुन् । हालसम्म कागबेनी भन्दा तल्लो क्षेत्रबाट मात्रै प्रतिनिधि सभामा चुनाव लड्ने र जित्ने हुँदै आएको थियो । पहिलोपटक तल्लो क्षेत्रको राजनीतिक सिन्डिकेट तोडिएको एमाले नेताहरू नै बताउँछन् ।
मुस्ताङको माथिल्लो क्षेत्र विष्ट र गुरुङहरूको बाहुल्यता छ भने तल्लो क्षेत्रमा थकाली छन् । दुवै क्षेत्रमा दलित समुदायको पनि बाक्लो उपस्थिति छ । विष्टले चुनावको एजेन्डा बनाउन सक्छन् ।
लामो समय मुस्ताङी राजाको प्रशासनिक सल्लाहकार भएर काम गरेका उनी २०७४ को स्थानीय चुनावमा लोमान्थाङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार भए । तर, झिनो अन्तरले हारेपछि उनी एमाले प्रवेश गरे ।
सोही वर्ष भएको प्रदेशसभा चुनावमा एमालेबाट उनी निर्वाचित भए । तर, २०७९ को चुनावमा सोही क्षेत्रबाट उनी कांग्रेसका नम्डु गुरुङसँग पराजित भए । राजनीतिभन्दा बढी समाजसेवीको रूपमा चिनिने विष्ट गल्फका पारखी हुन् ।
उनैले विश्वमै सबैभन्दा अग्लो स्थानमा गल्फ कोर्स बनाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा स्थापित गराउने अभियान चलाइरहेका छन् । कोरोना र भूकम्प लगायतको विपदमा उनले सेवा गर्दै आएका थिए । लोमन्थाङमा बिजुली भूमिगत गर्नेदेखि कोरला नाका खोल्न र लोमान्थाङ रिङरोड बनाउन उनले पैरवी गरेका थिए ।
मुस्ताङमा ङुटुक गुरुङले नेपाली कम्युनिस्ट पार्टीबाट टिकट पाइसकेका छन् । कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले अझै टुङ्ग्याएको छैन । रास्वपाले जिल्लामै अध्यापन गराइरहेका एक व्यक्तिलाई टिकट दिने बताइरहेको छ तर नाम सार्वजनिक गरेको छैन । कांग्रेसले यसअघिकै सांसद योगेश गौचनलाई टिकट दिन सक्छ । तर उनीहरू आन्तरिक छलफलमै केन्द्रित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण