अपडेट
प्रधानमन्त्रीले मन्त्री र आयोग पदाधिकारीसँग छलफल गर्ने
आइतबार, ०४ माघ २०८२, १५ : ०९
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री र निर्वाचन आयोगका अधिकारीहरूसँग छलफल गर्ने भएकी छिन्।
- छलफलमा निर्वाचन आचारसंहिता कार्यान्वयन र सरकारले गर्नुपर्ने कामबारे छलफल हुनेछ।
- नेपाली कांग्रेसको आन्तरिक विवादबारे सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसहित निर्वाचन आयोगका अधिकारीहरूसँग छलफल गर्ने भएकी छन् । आइतबार दिउँसो चार बजे बालुवाटारमा मन्त्रीसहित आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।
‘निर्वाचन आचारसंहिता लागु हुने समय भयो । आचारसंहिता लागु भएपछि सरकारले के के गर्नुहुन्छ र के के गर्नुहुँदैन भनेर आयोगका पदाधिकारीले ब्रिफिङ गर्ने कार्यक्रम छ’, रावलले रातोपाटीसँग भने, ‘त्यसबाहेक अरू केही विषय होइन ।’
निर्वाचन आयोगले यही माघको पहिलो साताबाट निर्वाचन आचारसंहिता कार्यान्वयनमा आउने बताएको छ । नेपाली कांग्रेसको आन्तरिक विवादपछि कांग्रेसको शेरबहादुर समूहले आइतबार नै सर्वोच्चमा रिट निवेदन दिएको छ भने निर्वाचन आयोगमा माघ ६ गतेको मनोनयन स्थगन गर्न माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण