निर्वाचनमा तालमेल गर्ने प्रगतिशील लोकतान्त्रिक पार्टीको निर्णय
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने निर्णय गरेको छ।
- पार्टीले निर्वाचन क्षेत्रका टिकट प्रदेश इन्चार्जहरूलाई पठाउने निर्णय गरेको छ।
- निर्वाचन प्रचार-प्रसारका लागि १०१ सदस्यीय समिति गठन गर्ने निर्णय गरियो।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा आवश्यकताअनुसार निर्वाचन तालमेल गर्ने निर्णय गरेको छ ।
पार्टीको अध्यक्ष परिषद्को बैठकले स्थानीय परिस्थिति र निर्वाचन क्षेत्रको सापेक्षता मूल्याङ्कन गरी घोषित तथा अघोषित दुवै किसिमको तालमेल गर्न प्रोत्साहन गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा आइतबार अध्यक्ष सन्तोष परियारको अध्यक्षतामा सम्पन्न अध्यक्ष परिषद् बैठकले उक्त निर्णयसहित विभिन्न पाँच वटा प्रस्तावमाथि छलफल गरी निर्णय गरेको हो । बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन क्षेत्रका टिकट प्रदेश इन्चार्जहरूलाई पठाउने निर्णय पनि गरेको छ ।
त्यसैगरी निर्वाचन प्रचार–प्रसारलाई प्रभावकारी बनाउन अध्यक्ष परिषद् सदस्य सन्तोष परियारको संयोजकत्वमा १०१ सदस्यीय बृहत निर्वाचन प्रचार–प्रसार समिति गठन गर्ने निर्णय गरिएको छ ।
समितिमा प्रदेश इन्चार्ज तथा सह–इन्चार्ज, अध्यक्ष परिषद्, केन्द्रीय समिति सदस्य, प्रचार–प्रसार र आईटी विभाग, अन्य विभागका प्रमुख तथा जनवर्गीय सङ्गठनका प्रतिनिधि रहनेछन् ।
बैठकले विदेश प्रदेशतर्फ अध्यक्ष परिषद्मा यूएईबाट रोशन देव र अमेरिकाबाट मोहन कुसारीलाई थप गर्ने निर्णय गरेको छ ।
साथै पार्टीको नाममा वाणिज्य बैंकमा खाता खोल्ने र खाता सञ्चालनका लागि अध्यक्ष परिषद् सदस्य दुर्गा सोब, सन्तोष परियार र ओजस्वी भट्टराईमध्ये कुनै दुई जनाको संयुक्त हस्ताक्षर रहने व्यवस्था गर्ने निर्णय पनि गरिएको छ ।
बैंक खातासँगै ई–बैंकिङ र क्यूआर कोड सुविधा लिने निर्णय गरिएको पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण