महानगर कार्यपालिकाले कुर्सी खाली राखेर बालेनलाई दियो धन्यवाद
आइतबार, ०४ माघ २०८२, १७ : ०७
सारांश
- काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले मेयर बालेन्द्र शाहको राजीनामापछि धन्यवाद ज्ञापन गरेको छ।
- कार्यवाहक प्रमुख सुनिता डंगोलले बालेनको राजीनामाबारे जानकारी गराउँदै धन्यवाद प्रस्ताव पेश गरिन्।
- मेयर बालेनलाई बोलाए पनि उनी आएनन्, तर कार्यपालिका सदस्यहरूले उनको योगदानको लागि धन्यवाद दिए।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले मेयर बालेन्द्र शाह (बालेन)को राजीनामा पछि धन्यवाद ज्ञापन गरेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले बालेनले दिएको राजीनामाबारे कार्यपालिकामा जानकारी गराउँदै धन्यवाद प्रस्ताव पेस गरेकी थिइन् । जसमा कार्यपालिका सदस्यहरूले धन्यवाद प्रस्ताव सर्वसम्मतले पास गरेका हुन् ।
बालेनले महानगरमा पुर्याएको योगदान र आगामी दिनमा समेत सुझाव दिन अनुरोध गर्दै धन्यवाद दिइएको हो । धन्यवाद प्रस्ताव कार्यपालिकामा लैजानु अघि मेयर बालेनलाई बोलाइएको थियो । तर बालेन भने आएनन् ।
उनी नआएपछि कार्यवाहक प्रमुख डंगोलले बालेनको कुर्सी छेउमा खाली राखेकी थिइन् । ‘उहाँलाई बोलाएका हो तर आउनुभएन, खैर केहि छैन । उहाँले गरेको योगदानको आधारमा धन्यवाद दिएका छौँ,’ एक कार्यपालिका सदस्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण