जम्मु–कश्मीरमा आतंकवादीसँग भारतीय सेनाको भिडन्तः ७ जवान घाइते
सारांश
- किश्तवाड, जम्मु–कश्मीरमा आतंककारीहरूसँगको भिडन्तमा भारतीय सेनाका ७ जवान घाइते भए।
- ३ जना गम्भीर घाइते जवानलाई थप उपचारका लागि हवाई मार्गबाट अस्पताल लगियो।
- सेनाले ‘अपरेशन त्राशी १’ चलाइरहेको बेला जैश–ए–मोहम्मद समूहका आतंककारीसँग भिडन्त भएको थियो।
किश्तवाड, जम्मु–कश्मीर । जम्मू–कश्मीरको किश्तवाडमा आइतबार दिउँसो आतंककारीहरूसँगको भिडन्तमा भारतीय सेनाका ७ जना जवान घाइते भएका छन् । अधिकारीहरूका अनुसार ३ जना गम्भीर घाइते जवानलाई थप उपचारका लागि हवाई मार्गबाट अस्पताल पुर्याइएको छ ।
यो घटना किश्तवाडको माथिल्लो जङ्गली क्षेत्र सोनारामा भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । यस क्षेत्रमा सेनाको ह्वाइट नाइट कोरले आतंककारीहरूविरुद्ध ‘अपरेशन त्राशी १’ नामक अभियान चलाइरहेको छ । यही क्रममा सेनाका जवान र आतंककारीहरूबिच भिडन्त भएको थियो ।
भिडन्तमा दुवैतर्फबाट गोली चलेको समाचारमा उल्लेख छ । जवानहरूले २–३ जना आतंककारीहरूलाई घेरा हालेपछि उनीहरूले ग्रिनेड प्रहार गरेका थिए । अधिकारीहरूका अनुसार यी आतंककारीहरू जैश–ए–मोहम्मद समूहसँग सम्बन्धित हुन सक्छन् ।
अधिकारीहरूले आतंककारीहरूको खोजी कार्य अझै जारी रहेको बताएका छन् । यस क्षेत्रमा ड्रोनमार्फत निगरानी राखिएको छ भने स्निफर डग्सको पनि सहयोग लिइएको छ । जम्मु–कश्मीर प्रहरी, सेना र सीआरपीएफ (केन्द्रीय रिजर्व पुलिस बल) संयुक्त रूपमा खोजी अभियानमा जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण