राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक बन्दसूचीमा कुलमानका मान्छेहरू समेटिए
सारांश
- राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक बन्दसूचीमा कुलमान घिसिङको उज्यालो नेपाल पार्टीका उम्मेदवारहरू समावेश छन्।
- उज्यालो नेपाल पार्टीका १७ जना नेताहरूलाई राष्ट्रिय परिवर्तन पार्टीमा सारिएको छ।
- उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीचको एकता कार्यक्रम भयो, जसमा राजेश पोर्तेल अध्यक्ष थिए।
काठमाडौँ । राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक बन्दसूचीमा कुलमान घिसिङको उज्यालो नेपाल पार्टीका उम्मेदवारहरू समेटिएका छन् । कुलमानको पार्टीका नेता अनुपकुमार उपाध्याय, महेन्द्र लावतीलगायत १७ जनालाई परिवर्तन पार्टीमा समेटिएको हो।
१७ जनाको नाम यसअघि रास्वपाको बन्दसूचीमा समेटिएकोमा उक्त पार्टीसँग एकता भंग भएसँगै अहिले त्यहाँबाट हटाएर राष्ट्रिय परिवर्तन पार्टीको सूचीमा समेटिएको एक नेताले बताए । राष्ट्रिय परिवर्तन पार्टीबाट जम्मा ४९ जनाको नामावली रहेको छ ।
माग १ गतेमात्रै उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता भएको थियो । उज्यालो पार्टी कार्यालयमा भएको एक कार्यक्रमकाबिच एकता भएको थियो। राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले रहेका थिए ।
पार्टी एकीकरण गरेसँगै पोर्तेललाई उज्यालो नेपाल पार्टीको उपाध्यक्ष दिइएको छ ।
राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूची
१. अनुप कुमार उपाध्याय (पुरुष) - खस आर्य - ललितपुर
२. सिता देवि पाण्डेय (महिला) - खस आर्य - रुपन्देही
३. देवकि पौडेल (महिला) - खस आर्य - नुवाकोट
४. दिनेश चन्द्र खनाल (पुरुष) - खस आर्य - संखुवासभा
५. सुर्य बहादुर खत्रि (पुरुष) - खस आर्य - उदयपुर
६. भुवनेश्वरी खरेल (महिला) - खस आर्य - काभ्रेपलाञ्चोक (अपाङ्गता भएको)
७. महेन्द्र सुन्दर लावति (पुरुष) - आदिवासी जनजाति - पाँचथर
८. ज्योतिका राई (महिला) - आदिवासी जनजाति - पाँचथर
९. अजय कुमार चौधरी (पुरुष) - थारु - सिराहा
१०. बालिका चौधरी (महिला) - थारु - बर्दिया
११. चुनाव कुमार बल (पुरुष) - आदिवासी जनजाति - रामेछाप
१२. लक्षिम चुनारा (महिला) - दलित - सुर्खेत
१३. राजेश प्रतेल (पुरुष) - दलित - इलाम (अपाङ्गता भएको)
१४. तेज नारायण यादव (पुरुष) - मधेशी - सिराहा
१५. सुनिल कुमार साह (पुरुष) - मधेशी - सिराहा
१६. डकेन्द्र सिंह लिम्बु (पुरुष) - आदिवासी जनजाति - इलाम
१७. तुलसा वाइबा (महिला) - आदिवासी जनजाति - सिन्धुली
१८. माया डोल्मा लामा (महिला) - आदिवासी जनजाति - काठमाडौँ
१९. अम्बिका कुमारी मगर (महिला) - आदिवासी जनजाति - सिन्धुली
२०. श्याम बहादुर मगर (पुरुष) - आदिवासी जनजाति - पाँचथर
२१. कमल थुलुङ राई (पुरुष) - आदिवासी जनजाति - भोजपुर
२२. लाक्पा फुटि शेर्पा (महिला) - आदिवासी जनजाति - सोलुखुम्बु
२३. दिपेश तामाङ (पुरुष) - आदिवासी जनजाति - काठमाडौँ
२४. उत्तर कुमारी राई (महिला) - आदिवासी जनजाति - सुनसरी
२५. सुमन श्रेष्ठ (पुरुष) - आदिवासी जनजाति - खोटाङ
२६. पिंकी कुमारी (महिला) - दलित - बारा
२७. कविता डाँगी (महिला) - दलित - रुकुम (पश्चिम भाग)
२८. जानुका राई (मिजार) (महिला) - दलित - भोजपुर
२९. हेम बहादुर खड्का (पुरुष) - खस आर्य - दोलखा
३०. जुनु कार्की (महिला) - खस आर्य - झापा
३१. विनिता खड्का (महिला) - खस आर्य - बाँके
३२. प्रीती कार्की (महिला) - खस आर्य - मोरङ
३३. प्रकाश भट्टराई (पुरुष) - खस आर्य - झापा (अपाङ्गता भएको)
३४. मनिषा कुमारी (महिला) - मधेशी - महोत्तरी
३५. चादनी शाह (महिला) - मधेशी - धनुषा
३६. आदित्य कुमार सिंह (पुरुष) - मधेशी - सप्तरी
३७. पवित्रा मेहता (महिला) - मधेशी - सुनसरी
३८. राजदेव राम (पुरुष) - दलित - सप्तरी
३९. साबित्री देवि चौधरी (महिला) - थारु - कैलाली
४०. अन्जुम नाज (महिला) - मुस्लिम - बारा
४१. अनिता भट्टराई (महिला) - खस आर्य - मोरङ
४२. नरेश साउद (थापा) (पुरुष) - खस आर्य - अछाम (पिछडिएको क्षेत्र)
४३. शान्ता भट्ट (महिला) - खस आर्य - काठमाडौँ
४४. हिरा प्रसाद सेती (पुरुष) - दलित - रुपन्देही
४५. सरिता यादव (महिला) - मधेशी - रौतहट
४६. नाजरा खातुन (महिला) - मुस्लिम - सिरहा
४७. संजित यादव (पुरुष) - मधेशी - महोत्तरी (अपाङ्गता भएको)
४८. मिता देवि कायस्थ (महिला) - आदिवासी जनजाति - कास्की
४९. हिक्मत बहादुर मल्ल (पुरुष) - खस आर्य - कालिकोट (पिछडिएको क्षेत्र र अपाङ्गता भएको)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण