रास्वपाको समानुपातिक सूची : बागमतीका कुन जिल्लाबाट को–को परे ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूची बुझाएको छ, जसमा ११० जना उम्मेदवार छन्।
- सूचीमा बागमती प्रदेशसहित विभिन्न जिल्लाका उम्मेदवारहरू र विभिन्न क्लस्टरका व्यक्तिहरू समावेश छन्।
- काठमाडौंमा आदिवासी जनजाति क्लस्टरबाट ज्ञानेन्द्र मल्लसहित १० जना उम्मेदवार छन्।
हेटौँडा । आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्द सूची सार्वजनिक भएको छ। रास्वपाले बागमती प्रदेश सहितका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने ११० जना उम्मेदवारहरूको नामावली बुझाएको हो।
सार्वजनिक सूची अनुसार विभिन्न क्लस्टरहरूमा समाजका प्रतिष्ठित व्यक्तित्वहरू, पूर्व खेलाडी तथा चर्चित अनुहारहरू समावेश गरिएका छन्। रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचीमा बागमती प्रदेशबाट ३४ जनाको नाम समावेश गरिएको छ ।
रास्वपाको ११० जनाको बन्द सूचीमा काठमाडौँ उपत्यकासहित बागमतीका विभिन्न जिल्लाका उम्मेदवारहरू समेटिएका छन् । आयोगले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा बढी प्रतिनिधित्व काठमाडौँको देखिएको छ।
काठमाडौँबाट आदिवासी जनजाति क्लस्टरमा १० जना रहेका छन् । काठमाडौँबाट सो क्लस्टरमा ज्ञानेन्द्र मल्ल, सुनिलभक्त श्रेष्ठ, सोम बहादुर लालचन, खर्कबहादुर बुढा, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, कुसुम महर्जन, भूमिका श्रेष्ठ, कृपा महर्जन र गीता सिक्राकार उम्मेदवार रहेका छन् भने खस आर्य क्लस्टरमा ५ जना रहेका छन् ।
खस आर्य क्लस्टरमा काठमाडौँका टेकबहादुर पोखरेल, इच्छाराम कार्की, लिमा अधिकारी (आचार्य), विदुषी राणा र समीक्षा बास्कोटा उम्मेदवार रहेका छन् । थारु क्लस्टरमा १ जना (सुरेन्द्र चौधरी), मधेसी क्लस्टरमा १ जना (अभिजित गुप्ता) र मुस्लिम क्लस्टरमा १ जना (अफसाना बानू) उम्मेदवार रहेका छन् ।
ललितपुरबाट आदिवासी जनजाति क्लस्टरमा २ जना उम्मेदवार रहेका छन् । जसमा खुस्बु सरकार श्रेष्ठ, सुम्निमा उदास, खस आर्य क्लस्टरमा २ जना प्रभा कार्की र निना रेग्मी पोखरेल रहेका छन् ।
चितवनबाट तीन वटा क्लस्टरमा उम्मेदवार प्रतिनिधित्व भएको छ । जसमा मनोहर प्रधान (आदिवासी जनजाति), महेश्वर घिमिरे (खस आर्य) र समिना मिया (मुस्लिम) उम्मेदवार छन् भने काभ्रेबाट तीन जना उम्मेदवार बन्द सूचीमा अटाएका छन् । जसमा राम लामा (आदिवासी जनजाति), रचना खतिवडा खत्री (खस आर्य) र तारा विश्वकर्मा (दलित) क्लस्टरमा उम्मेदवार रहेका छन् ।
सिन्धुपाल्चोकबाट दुई जना समानुपातिक सुचीमा परेका छन् । जसमा प्रमोद न्यौपाने (खस आर्य) र मिरा महर्जन (आदिवासी जनजाति) उम्मेदवार रहेका छन् । धादिङ, भक्तपुर, मकवानपुर र नुवाकोटबाट पनि आदिवासी जनजाति क्लस्टरमा १–१ जना उम्मेदवार समावेश गरिएको छ ।
धादिङबाट बसुमाया तामाङ, भक्तपुरबाट प्रमिला कुलुजु, मकवानपुरबाट जिना विष्ट र नुवाकोटबाट उमा घले तामाङलाई रास्वपाले समानुपातिकको बन्द सूचीमा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण