बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुगड ग्रुपद्वारा देशव्यापी रक्तदान, ५७८ पिन्ट रगत संकलन

सोमबार, ०५ माघ २०८२, ०७ : ५३
सोमबार, ०५ माघ २०८२

सारांश

  • एमभी दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८० औं जन्मदिनको अवसरमा देशभर रक्तदान कार्यक्रम गर्यो।
  • रक्तदान कार्यक्रमबाट ५७८ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरियो, जसबाट ३ जनाको ज्यान बचाइयो।
  • दुगड ग्रुपले वातावरण संरक्षणमा पनि ध्यान दिँदै आएको छ, र आगामी ५ वर्षमा ५ लाख बिरुवा रोप्ने लक्ष्य लिएको छ।

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड ८० औँ वर्षमा प्रवेश गरेको अवसरमा ग्रुपले देशभर वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आइतबार (माघ ४ गते) 'तपाईँको एक थोपा, कसैको जीवन' भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा ग्रुपका अटो र हाइड्रो डिभिजनका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका २० विभिन्न स्थानमा सञ्चालित रक्तदान कार्यक्रमबाट ५७८ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको छ। यसैबिच, संकलित रगतबाट वीरगन्ज, बुटवल र धनगढीमा तत्कालै तीन जना बिरामीको ज्यान जोगाउन सफल भएको ग्रुपले जनाएको छ। अध्यक्ष दुगड एक सफल उद्यमी मात्र नभई प्रकृति प्रेमी र समाजसेवी व्यक्तित्वका रूपमा समेत परिचित छन्।

पर्यावरण संरक्षणमा चासो राख्ने दुगडको ७५ औँ जन्मवर्षदेखि सुरु भएको वृक्षरोपण अभियान अन्तर्गत हालसम्म १ लाखभन्दा बढी बिरुवा रोपिएका छन्, जसमध्ये ६५ हजार हुर्किसकेका छन्। ग्रुपले आगामी ५ वर्षभित्र ५ लाख बिरुवा हुर्काउने लक्ष्य लिएको छ।

१५० वर्षको इतिहास बोकेको यस ग्रुपले अटो, कृषि र जलविद्युत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। हाल यस ग्रुपले सोलुखुम्बु र रामेछापबाट १६१ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ भने दोलखामा २०० मेगावाटका आयोजना निर्माण गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप