आचारसंहिता लाग्नुअघि नेपाल प्रहरीमा ठूलो हेरफेर : ४८ एसपीको एकसाथ सरुवा
सोमबार, ०५ माघ २०८२, ०८ : ५९
सारांश
- नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लागु हुनु अघि ठूलो संख्यामा एसपीहरूको सरुवा गरेको छ।
- मानवश्रोत विकास विभागले ४८ जना एसपीहरूको सरुवा गरेको सूचना जारी गरेको छ।
- आचारसंहिता लागु भएपछि सरुवा रोकिने भएकाले प्रहरीले पहिले नै हेरफेर गरेको हो।
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लाग्नुअघि नै ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै ४८ जना एसपीको सरुवा गरेको हो।
विभागले आवश्यकतानुसार सरुवा गर्नुपरेको जनाउँदै २०८२ साल माघ महिनादेखिकै तलब तथा भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी निर्णय गरेको छ। आचारसंहिता लागू भएपछि कर्मचारी तथा सुरक्षाकर्मीको सरुवा बढुवा गर्न निर्वाचन आयोगको अनुमति लिनुपर्ने वा रोकिने भएकाले त्यसअगावै प्रहरीले जिल्ला तथा विभागहरूमा कमाण्डर हेरफेर गरेको हो।
प्रधान कार्यालयले सरुवा भएका एसपीहरूको अभिलेखमा आवश्यक व्यहोरा जनाउन र आवश्यक कारबाही अगाडि बढाउन मातहतका सम्बन्धित कार्यालयहरूलाई पत्राचारसमेत गरिसकेको छ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण