प्रहरीका ६७ जना डीएसपीको सरुवा, उपत्यकाको ६ वृत्त इन्चार्ज फेरिए
सारांश
- नेपाल प्रहरीका ६७ जना डीएसपीको सरुवा गरिएको छ।
- काठमाडौँ उपत्यकाका ६ वटा वृत्तका इन्चार्जहरू परिवर्तन भएका छन्।
- आइजीपी दानबहादुर कार्कीले डीएसपी सरुवाको निर्णय गरेका हुन्।
काठमाडौँ । नेपाल प्रहरीका ६७ जना डीएसपीको सरुवा गरिएको छ । आईजीपी दानबहादुर कार्कीले आइतबार राति डीएसपी सरुवाको निर्णय गरेका हुन् । काठमाडौँ उपत्यकाको ६ वटा वृत्तका इन्चार्ज फेरिएका छन् ।
प्रहरी वृत्त महाराजगन्जमा नवराज पोखरेल, वृत्त लैनचौरमा पुरुषोत्तम खड्का, बालाजुमा यमलाल बञ्जाडे, नयाँ बानेश्वरमा राजकुमार सिंह र चापागाउँमा शिला थापालाई सरुवा गरिएको छ । प्रहरी वृत्त जनसेवामा चन्द्रबहादुर थापालाई पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवामा अशोक थापालाई पठाइएको छ । लमजुङमा जितेन्द्र बस्नेत, इलाका प्रहरी कार्यालय सिमरामा दिलीप क्षेत्री, इलाका प्रहरी कार्यालय बुटवलमा निशान्त श्रीवास्तव, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा निशेष चापागाईं र पश्चिम रुकुममा बेदबहादुर पौडेललाई सरुवा गरिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा वीरेन्द्र गोदार, दोलखामा मनोजकुमार लामा र तेह्रथुममा लक्ष्मण ओलीलाई सरुवा गरिएको छ । केन्द्रीय कारागारस्थित नेपाल प्रहरी अनाश्रित गुल्ममा शैलेश न्यौपाने र इलाका प्रहरी कार्यालय गजुरीमा सुरज कार्कीलाई सरुवा गरिएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण