बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
उम्मेदवार

कोशीका दुई पालिका प्रमुख नेकपाबाट चुनावी प्रतिस्पर्धामा

सोमबार, ०५ माघ २०८२, १४ : ५१
सोमबार, ०५ माघ २०८२

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट कोशी प्रदेशका दुई जना पालिका प्रमुख चुनावी मैदानमा उत्रिने भएका छन् ।

इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले टिकट पाएका छन् ।

नेकपाबाट इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न लागेका रणबहादुर राईको राजनीतिक यात्रा निकै रोचक छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट मेयर जितेका राई पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लागेका थिए । २०७९ को निर्वाचनमा उनले नेपाली कांग्रेस र माओवादीसँगको गठबन्धनबाट पुनः मेयर पदमा जित हासिल गरेका थिए । 

यस पटकको प्रतिनिधिसभा निर्वाचनमा राईले एमालेका काजीमान कागतेसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघिको स्थानीय तहको निर्वाचनमा पनि राई र कागतेबीच नै प्रतिस्पर्धा भएको थियो । मेयरको चुनावी मैदानमा भिडेका यी दुई पुराना प्रतिद्वन्द्वी अहिले प्रतिनिधिसभाका लागि पुनः एकअर्काको आमनेसामने हुने भएका छन् ।

त्यस्तै, सोलुखुम्बुबाट प्रतिनिधिसभाका लागि युवा नेता असिम राईले टिकट पाएका छन् । थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष रहेका राई ऊर्जावान् युवा नेताका रूपमा परिचित छन् । सोलुखुम्बुमा उनको प्रतिस्पर्धा नेकपा एमालेकी उम्मेदवार कल्पना राईसँग हुने भएको छ । यी दुवै प्रतिस्पर्धीहरू एकै पालिकाका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप