सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बामदेव र झलनाथ खनाल चुनाव नलड्ने

सोमबार, ०५ माघ २०८२, १६ : ०३
सोमबार, ०५ माघ २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम यो पटकको निर्वाचन नलड्ने भएका छन् । 

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपाले सोमबार अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाउँदा गौतमको नाम भने समेटिएको छैन । 

गौतमलाई बर्दिया १ बाट निर्वाचन लड्न पार्टीले प्रस्ताव गरेपनि उनले अस्वीकार गरेका हुन् । 

राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमले टिकट पाउने आशमा केही दिन पहिला राजीनामा दिएका थिए ।

गौतमले बर्दिया जिल्लाका दुवै निर्वाचन क्षेत्रमा पहाडी मूलका व्यक्तिलाई उम्मेदवार बनाउने निर्णय सही नभएको भन्दै बर्दिया क्षेत्र नम्बर १ क्षेत्रबाट आफू उम्मेदवारी नदिने निष्कर्षमा पुगेको बताएका छन् ।

गौतमसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि निर्वाचन नलड्ने बताएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप