बालेनले मधेसवासीलाई सोधे– मलाई काम गर्ने जिम्मा दिनुहुन्छ ?
सारांश
- बालेन शाहले मधेसका जनतासँग काम माग्न आएको बताए, काठमाडौँको जिम्मेवारी छाडेर देशका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
- उनले प्रदेशलाई बलियो बनाउनुपर्ने र स्थानीय तहलाई अधिकार दिनुपर्ने धारणा राखे, जनकपुरको मेयर अधिकारका लागि काठमाडौँ जानुपर्ने अवस्थाप्रति असन्तुष्टि जनाए।
- बालेनले काठमाडौँ महानगरपालिकाको उदाहरण दिँदै समाजवादको अवधारणा प्रस्तुत गरे र जनकपुरका मन्दिर र पोखरीको संरक्षणमा जोड दिए।
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले आफू मधेसका जनतासँग काम माग्न आएको बताएका छन् ।
जनकपुमार सोमबार आयोजित उदघोष सभालाई सम्बोधन गर्दै उनले काठमाडौँ महानगरपालिकाको जिम्मेवारी छाडेर देशकै लागि काम गर्छु भनेर जनतामाझ काम माग्न आएको बताए ।
उनले भने, ‘मधेसी छोरा प्रधानमन्त्री बन्न लागेको भनेर मत नदिनुस्, सही मान्छे, सही सरकार बन्दैछ भनेर भोट दिनुस् ।’
बालेनले आफू काम गर्ने मान्छे रहेको भन्दै मधेसी जनतालाई भने, ‘काम दिनुस्, काम गरेर देखाउँछु । काठमाडौँवासीले जसरी काम गरेर देखाउन मलाई मौका दिनुभयो, त्यसरी तपाईंहरू पनि मलाई काम गर्न जिम्मा दिनुहुन्छ ?’
उनले आफूलाई संघीयता, प्रदेशप्रतिको धारणा के हो भनेर प्रश्न सोध्ने गरिएको पनि बताए । उनले भने, ‘प्रदेशलाई अझ बलियो बनाउनुपर्छ । प्रदेशले कम्तीमा तीन–चार पालिकालाई जोड्ने गरी विकास योजना बनाउनु पर्छ ।’
बालेनले संघीयता भनिए पनि प्रदेश र स्थानीय तहले त्यस अनुसार अधिकार नपाएको जिकिर गरे । ‘जनकपुरको मेयर अहिले पनि अधिकारका लागि किन काठमाडौँ जानुपर्छ ? मधेसको राजधानी जनकपुर हो नि ! काठमाडौँ घुम्न जानुस्, पशुपति, स्वयंभु घुम्न जानुस्, अधिकार माग्न जानु नपरोस् ।’
उनले काठमाडौँ महानगरपालिले वार्षिक २० हजार विद्यार्थीलाई राम्रा कलेज, विद्यालयमा छात्रवृत्ति दिएर पढाउने गरेको उदाहरण दिँदै त्यसलाई समाजवादका रूपमा प्रस्तुत गरे । यस्तो समाजवाद सबै प्रदेश र पालिकामा चाहिएको उनको भनाइ थियो ।
‘काठमाडौँमा मन्दिर, पाटीपौवा बनाइयो । जनकपुरमा हेर्नुस्, कसले संरक्षण गरिदेला भनेर बसेका छन् यहाँका मन्दिर र पोखरीहरू । अब राष्ट्रिय स्वतन्त्र पार्टी आयो । तपाईंहरू मलाई काम दिनुस्, म काम गरेर देखाउँछु,’ बालेनले भने ।
मेयरका रूपमा काम गर्दा आफूले भाषण गर्न नपाएको उल्लेख गर्दै बालेनले आज पहिलो पटक भाषण गरेको जनाए । आफू भाषणमा नभई काममा विश्वास गर्ने पनि प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण