रुपन्देहीमा विष्णु पोडेलसँँग लड्न रास्वपाकाे उम्मेदवार परिवर्तन
मङ्गलबार, ०६ माघ २०८२, ०९ : ३२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही-२ मा उम्मेदवार परिवर्तन गर्दै सुलख खरेललाई टिकट दिएको छ।
- यसअघि इन्जिनियर आशिष सुवेदीलाई टिकट दिने निर्णय भएपनि अन्तिम समयमा खरेललाई टिकट दिइएको हो।
- सुवेदी बालेनको समर्थनमा थिए, भने खरेल यसअघि रुपन्देही-३ को उपचुनावको आन्तरिक प्रतिस्पर्धामा थिए।
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–२ मा उम्मेदवार परिवर्तन गर्दै सुलख खरेललाई टिकट दिएको छ । यसअघि उम्मेदवार बनाउने तय गरिएका इन्जिनियर आशिष सुवेदीको टिकट परिवर्तन गरेर अधिवक्ता खरेललाई टिकट दिएको हो ।
सुवेदीलाई केही दिनअघि नै रास्वपाले टिकट दिएर निर्वाचन क्षेत्र पठाएको भए पनि अन्तिम समयमा आफूले टिकट पाएको खरेलले रातोपाटीलाई बताए । उनी रुपन्देही–३ को उपचुनावमा पनि आन्तरिक प्रतिस्पर्धामा थिए।
तर त्यहाँ डा लेखजङ्ग थापालाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेपछि उनी असन्तुष्ट थिए। सुवेदीले भने बालेनका तर्फबाट टिकट पाएका थिए।
रुपन्देही–२ मा नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण