रुपन्देहीका ५ मध्ये ३ क्षेत्रमा कांग्रेसका नयाँ अनुहार
सारांश
- नेपाली कांग्रेसले रुपन्देहीका ५ मध्ये ३ निर्वाचन क्षेत्रमा नयाँ उम्मेदवार चयन गरेको छ।
- क्षेत्र नम्बर १ मा हिराबहादुर खत्री, २ मा चुन्नु पौडेल, र ३ मा सुशील गुरुङ उम्मेदवार छन्।
- क्षेत्र नम्बर ४ मा प्रमोद यादव र ५ मा भरत शाहलाई कांग्रेसले उम्मेदवार बनाएको छ।
बुटवल । नेपाली कांग्रेसले रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । दुई वटा निर्वाचन क्षेत्रमा भने पुरानै अनुहारलाई फेरि मौका दिइएको हो ।
कांग्रेसबाट रुपन्देही क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति हिराबहादुर खत्री, क्षेत्र नम्बर २ मा चुन्नु पौडेल, क्षेत्र नम्बर ३ मा सुशील गुरुङ उम्मेदवार छन् । क्षेत्र नम्बर ४ मा प्रमोद यादव र क्षेत्र नम्बर ५ मा भरत शाहलाई कांग्रेसले उम्मेदवार बनाएको छ । यादव र शाह पटक–पटक संसदीय निर्वाचन लडेका नेता हुन् ।
क्षेत्र नम्बर १ मा कांग्रेसका खत्रीले एमालेका दधिराम खरेल र रास्वपाका सुनिल लम्सालसँग मुख्य प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । क्षेत्र नम्बर २ मा कांग्रेसका पौडेलले एमालेका उपाध्यक्षसमेत रहेका विष्णु प्रसाद पौडेल र रास्वपाका सुलभ खरेलसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
क्षेत्र नम्बर ३ मा सुशील गुरुङले एमालेका वासुदेव घिमिरे र रास्वपाका डा लेखजंग थापासँग मुख्य प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । क्षेत्र नम्बर ४ मा प्रमोद यादवले लोसपा छाडेर हालै रास्वपामा प्रवेशसँगै टिकट पाएका कन्हैया यादवसँग र जनमत पार्टीका भूपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । क्षेत्र नम्बर ५ मा भरत शाहले एमालेका खिमलाल भट्टराईसँग मुख्य प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण