नाइजेरियामा चर्चबाट १६० जनाको अपहरण
सारांश
- नाइजेरियाको काडुना राज्यमा हतियारधारी समूहले चर्चमा प्रार्थनामा सहभागी भएका १६० भन्दा बढी मानिसलाई अपहरण गरे।
- अपहरणकारीहरूले दुईवटा चर्चमा आक्रमण गरी उपासकहरूलाई जंगलतर्फ लगेका थिए।
- यो घटना नाइजेरियामा बढ्दो सामूहिक अपहरणको अर्को उदाहरण हो, जहाँ इसाई र मुस्लिम दुवै समुदाय निशानामा परेका छन्।
काठमाडौँ । नाइजेरियाको काडुना राज्यमा सशस्त्र समूहहरूले चर्चमा प्रार्थनामा सहभागी भइरहेका दर्जनौँ मानिसलाई अपहरण गरेका छन् । स्थानीय प्रहरीले बताएअनुसार आइतबार दुईवटा प्रार्थना सभामा सहभागी १६० जनाभन्दा बढीलाई हतियारधारीहरूले अपहरण गरेका हुन् ।
काडुनाको अफोगो वडाअन्तर्गत पर्ने जंगल क्षेत्र कुरमिन वालीमा बिहान करिब ११ः२५ बजे ‘आधुनिक हतियार’सहित आएका गिरोहका सदस्यहरूले एकैसाथ दुई चर्चमा धावा बोलेको प्रहरीले जनाएको छ । उनीहरूले चर्चको प्रवेशद्वारमा घेराबन्दी गरी उपासकहरूलाई जबर्जस्ती जंगलतर्फ लगेको बताइएको छ ।
अपहरणकारी ठूलो संख्यामा आएको र सबैलाई जंगलमा लगिएको नाइजेरियाको क्रिश्चियन एसोसिएसन (उत्तरी क्षेत्र)का अध्यक्ष रेव. जोसेफ हायबले एएफपीसँग कुराकानीमा बताएका छन् । रोयटर्ससँगको अन्तर्वार्तामा उनले १७२ जना अपहरणमा परेको र नौ जना भाग्न सफल भएको जानकारी दिएका थिए ।
यो घटना नाइजेरियामा पछिल्लो समय बढ्दो सामूहिक अपहरणको अर्को उदाहरण हो । यहाँ इसाई र मुस्लिम दुवै समुदाय निशानामा पर्दै आएका छन् । आपराधिक गिरोहले फिरौतीका लागि उत्तर र मध्य नाइजेरियामा यस्ता आक्रमण बारम्बार गर्दै आएका छन् ।
नाइजेरिया हाल अपहरण, इस्लामिक विद्रोह, अलगाववादी हिंसा तथा जमिन–पानीको विवादजस्ता गम्भीर सुरक्षा संकटसँग जुधिरहेको छ । गत नोभेम्बरमा एक क्याथोलिक विद्यालयबाट ३०० भन्दा बढी विद्यार्थी र शिक्षक अपहरणमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण