शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ–४ मा एमालेले ४ बजे मात्रै उम्मेदवारी दर्ता गर्ने

मङ्गलबार, ०६ माघ २०८२, ११ : १४
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । नेकपा एमालेले काठमाडौँ निर्वाचन क्षेत्र–४ मा दिउँसो ४ बजे उम्मेदवारी मनोनयन गर्ने भएको छ । यस क्षेत्रमा एमालेले नेता राजन भट्टराईलाई टिकट दिइए पनि उनी उम्मेदवारी दिने कि नदिने भन्ने दोधारमा रहेका छन् । 

यद्यपि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत कृष्ण भण्डारीले एमालेले उम्मेदवारी दर्ताका लागि दिउँसो ४ बजेको समय मागेको बताए । 

तर भट्टराईले अहिलेसम्म यो क्षेत्रमा कसले उम्मेदवारी दिने भन्ने अध्यक्ष केपी शर्मा ओलीले केही भनिनसकेको बताए । 

‘केही समयमा अध्यक्षले खबर गर्नुहुन्छ । अहिलेसम्म केही टुङ्गो लागेको छैन’, भट्टराईले मंगलबार बिहान ११ बजे फोन सम्पर्कमा भने । 

स्रोतका अनुसार काठमाडौँ–४ बाट कांग्रेस सभापति गगन थापाले उम्मेदवारी नदिएको खण्डमा मात्र भट्टराई उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् । उक्त क्षेत्रमा २०७९ को निर्वाचनमा गगन निर्वाचित भएका थिए । 

यस पटकको निर्वाचनमा गगन सर्लाही–४ जाने निर्णय आज बिहानमात्र निर्णय गरेको बताइएपनि काठमाडौँ-४ बारे अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन । यसैबिच रास्वपाले उक्त क्षेत्रमा पुकार बमलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसअघि रास्वपाले सस्मित पोखरेललाई उम्मेदवार बनाउने बताए पनि अन्तिम समयमा परिवर्तन गरेको हो । नेकपाले भने काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट इन्द्र भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप