मिस लिटिल नेवाको ताज सुरवीलाई
सारांश
- ललितपुरकी सुरवी बज्राचार्यले 'मिस लिटिल नेवाः ११४५' को उपाधि जितिन्।
- कृष्टिना महर्जन फस्ट रनर्सअप र 'मिस ट्यालेन्ट' को उपाधि जित्न सफल भइन्।
- प्रतियोगिताको उद्देश्य नेवार समुदायको भाषा, लिपि, कला र संस्कृति जोगाउनु हो।
काठमाडौँ । १५औँ संस्करणको ‘मिस लिटिल नेवाः ११४५’ को उपाधि ललितपुरकी सुरवी बज्राचार्यले जितेकी छन् । सोमबार अबेर साँझ सम्पन्न नेवार समुदायका बालिकाहरूबीचको सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै सुरवीले मुख्य उपाधि चुमेकी हुन् । उपाधिसँगै उनले चम्किलो ताज, नगद २५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् ।
नेप्लिज फेसन होमको आयोजना र फाइट फर लाइफको सह–आयोजनामा सम्पन्न प्रतियोगितामा काठमाडौँ मैतीदेवीकी कृष्टिना महर्जन फस्ट रनर्सअप घोषित भइन् । कृष्टिनाले मुख्य उपविजेतासँगै ‘मिस ट्यालेन्ट’ को उपाधि समेत आफ्नो पोल्टामा पारिन् । त्यसै गरी, कुलेश्वरकी रिपान्सी श्रेष्ठ सेकेन्ड रनर्सअप बनिन् । उनीहरूले क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगदसहित ताज र मेडल प्राप्त गरेका छन् ।
नेपाल पुलिस क्लबको सभाहलमा आयोजित भव्य समारोहमा लायन्स क्लबका पास्ट डिस्ट्रिक्ट गभर्नर मनिश्रीरत्न बज्राचार्य, अधिवक्ता लक्ष्यमान महर्जन, डा. शिक्षिता श्रेष्ठ, जिवेश्वरलाल श्रेष्ठ, राजु नापित र शान्तमान महर्जनको निर्णायक टोलीले विजेता छनोट गरेको थियो ।
प्रतियोगिताको मुख्य उद्देश्य नेवार समुदायको भाषा, लिपि, कला र संस्कृति जोगाउन बालिकाहरूलाई अभिप्रेरित गर्नु रहेको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् । विगत १५ वर्षदेखि नियमित आयोजना हुँदै आएको यस प्रतियोगिताले बालिकाहरूमा आफ्नो संस्कार र संस्कृतिप्रति गर्व गर्ने भावना विकास गराउँदै आएको आयोजकको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण