सिन्धुपाल्चोकमा नेकपाको भिन्न शैली: एकै खाले पोसाकमा सजिएर मनोनयन दर्ता गर्दै उम्मेदवार
सारांश
- सिन्धुपाल्चोकमा नेकपाका उम्मेदवारहरूले निर्वाचनका लागि एकता र सांस्कृतिक पहिचान झल्किने गरी मनोनयन दर्ता गर्दैछन्।
- दुवै निर्वाचन क्षेत्रका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरू दौरा-सुरुवाल र साडी-चोलीमा सजिएर मनोनयन दर्ताका लागि तयार छन्।
- उम्मेदवारहरूले सामूहिक तस्बिर खिचाउँदै आफूहरू एकजुट रहेको सन्देश दिएका छन्।
सिन्धुपाल्चोक । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले एकता र सांस्कृतिक पहिचान झल्किने गरी मनोनयन दर्ताको तयारी गरेका छन्। नेकपाले जिल्लाका सबै उम्मेदवारहरूलाई एकै प्रकारको परम्परागत पोसाकमा चुनावी मैदानमा उतारेको हो।
जिल्लाका दुवै निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरू दौरा–सुरुवाल र साडी–चोलीमा सजिएर मनोनयन दर्तास्थल पुग्दै छन्। क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव सापकोटा 'सुबोध' र क्षेत्र नम्बर २ का उम्मेदवार युवराज दुलाल 'शरद' ले दौरा–सुरुवाल लगाएका छन्।
त्यस्तै, समानुपातिकतर्फकी उम्मेदवार भगवती नेपाल साडी–चोली र लालकान्छा तामाङ परम्परागत पहिरनमा सजिएका छन्।
उम्मेदवारहरूले गलामा मखमली फूलको माला लगाएर राष्ट्रिय झण्डा र पार्टीको रातो झण्डाको पृष्ठभूमिमा सामूहिक तस्बिर खिचाउँदै आफूहरू एकजुट रहेको सन्देश दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण