मन्त्री पद त्यागेर रास्वपा छिरे जगदीश खरेल, तस्बिरहरू
सारांश
- सञ्चारकर्मी तथा पूर्वमन्त्री जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।
- खरेलले ललितपुर-२ बाट रास्वपाको उम्मेदवार बन्ने तयारी गरेका छन्, जसले चुनावी प्रतिस्पर्धा रोचक बनाउने देखिन्छ।
- उनले सरकारको स्वतन्त्र पहिचान कायम राख्न र दलीय राजनीतिमा होमिन मन्त्री पदबाट राजीनामा दिएका थिए।
काठमाडौँ । सञ्चारकर्मी तथा निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि उनले सोमबार मात्रै मन्त्री पदबाट राजीनामा दिएका थिए ।
खरेलले ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट रास्वपाको उम्मेदवारका रूपमा आफ्नो मनोनयन दर्ता गराउने तयारी गरेका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका उनले सरकारको स्वतन्त्र र गैर-राजनीतिक पहिचान कायम राख्न तथा सक्रिय दलीय राजनीतिमा होमिनका लागि पद त्याग गरेको बताएका छन् ।
लामो समय पत्रकारितामा सक्रिय रहेका खरेल 'जेनजी' आन्दोलनपछि बनेको नागरिक सरकारमा मन्त्री नियुक्त भएका थिए । रास्वपाले उनलाई ललितपुर–२ मा मुख्य उम्मेदवारका रूपमा अघि सारेपछि उक्त क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ । मंगलबार बिहान एक विशेष कार्यक्रमका बीच उनलाई रास्वपामा स्वागत गरिएको हो ।
_2QOiEoMwV9.jpg)
_tIeQbPBLcp.jpg)
_tUR3QSs5ht.jpg)
_dMfUDWbNHu.jpg)
_pdTAIOFR8s.jpg)
_NHa6gaZlHS.jpg)
तस्बिर : प्रकाश चन्द तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
इजरायली सेनाद्वारा सात महिनाका प्यालेस्टाइनी शिशुको हत्या, आमाबुबा घाइते
-
युवा स्टार एन्ड्रिकको निर्णायक गोलमा ब्राजिलको जित, इजिप्ट पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण