दीपशिखाले गराए भक्तपुर–२ मा उम्मेदवारी दर्ता, महेश बस्नेतसँग भिड्ने
मङ्गलबार, ०६ माघ २०८२, १३ : ४६
सारांश
- नेकपाका उम्मेदवार रामप्रसाद सापकोटाले भक्तपुर क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरे।
- सापकोटाले विचार महत्त्वपूर्ण रहेको र समृद्धिका साथ चुनावमा होमिएको बताए।
- उनी पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन्, जहाँ एमाले सचिव महेश बस्नेतको पनि उम्मेदवारी छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । सो क्रममा सापकोटाले नयाँ र पुराना भन्दा पनि बिचार महत्त्वपूर्ण हुने भएकाले आफू समृद्धिसहितको बिचारका साथ चुनावमा होमिएको बताए । आफूले भक्तपुरको जनताका लागि लामो समय राजनीति गरेको भन्दै जनताले विश्वास गर्ने उनको भनाइ छ । उनले जनतालाई आवश्यक परेका बेला सधैँ जनताको साथमा उभिने उल्लेख गरे ।
सापकोटा पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् । सोही क्षेत्रबाट एमाले सचिव महेश बस्नेतको पनि उम्मेदवारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण