घण्टीको टिकट नपाएपछि नेकपाको उम्मेदवार बने किरण साह
सारांश
- रौतहट क्षेत्र नं. २ मा पूर्व सांसद किरण कुमार साहले नेकपाबाट उम्मेदवारी दर्ता गराएका छन्।
- रास्वपाबाट टिकट नपाएपछि साहलाई नेकपाले स्वागत गर्दै चुनावी मैदानमा उतारेको हो।
- साहले २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा जित हासिल गरेका थिए।
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक समीकरण एकाएक फेरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट पाउने चर्चामा रहेका पूर्व सांसद किरण कुमार साहले अन्तिम समयमा टिकट नपाएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
मंगलबार आयोजित एक कार्यक्रमका बिच नेकपाका सह–संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले साहलाई पार्टीमा स्वागत गर्दै चुनावी मैदानमा उतारेका हुन् । रौतहट–२ का निवर्तमान सांसद रहेका साहले यसअघि २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा ऐतिहासिक जित निकालेका थिए । उनले तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार फिरदोस आलमलाई ४ हजार ५ सयभन्दा बढी मतान्तरले पराजित गरेका थिए ।
साह सुरुमा स्वतन्त्र भए पनि पछि नेकपा एमालेमा प्रवेश गरेका थिए । तर, पछिल्लो राजनीतिक विकासक्रमसँगै उनी रास्वपामा सक्रिय देखिएका थिए । रास्वपाले टिकट नदिने निश्चित भएपछि उनले नेकपा रोजेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण