तनहुँ–२ मा एमालेबाट केदार सिग्देलको उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १४ : ३८
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तर्फबाट केदार सिग्देलले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेता सिग्देलले आफ्नो मनोनयन पत्र पेस गरेका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका वरिष्ठ नेता किरण गुरुङ र समर्थकमा टुकराज सिग्देल रहेका छन् ।
सिग्देल यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए, तर २०७९ सालको निर्वाचनमा भने उनी गण्डकी प्रदेश सभा सदस्य पदमा पराजित भएका थिए ।
अघिल्लो हारको बदला लिने र संसदीय राजनीतिमा ‘कमब्याक’ गर्ने रणनीतिका साथ सिग्देल पुनः संघीय संसदको उम्मेदवार बनेका हुन् । मनोनयन दर्ताका क्रममा एमाले कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण