पूर्वप्रधानमन्त्री भट्टराईले गोरखा–२ मा गराए उम्मेदवारी दर्ता
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार गोरखास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर डा. भट्टराईले औपचारिक रूपमा मनोनयन पत्र दर्ता गराएका हुन् ।
यसपटक डा. भट्टराईको उम्मेदवारीमा देखिएको प्रस्तावक र समर्थकको संयोजनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनको प्रस्तावकमा प्रगतिशील लोकतान्त्रिक पार्टीका गोरखा जिल्ला संयोजक नारायण खत्री रहेका छन् । त्यस्तै पछिल्लो समय युवा पुस्तामाझ चर्चित जेनजी विद्रोहका अगुवा रिजान राना मगर उनको समर्थक बसेका छन् ।
पुराना राजनीतिक व्यक्तित्व र नयाँ पुस्ताको विद्रोहको प्रतिनिधित्व गर्ने युवाको यो समीकरणले गोरखाको चुनावी राजनीतिमा नयाँ तरंग पैदा गरेको छ ।
उम्मेदवारी दर्तापछि डा. भट्टराईले नयाँ र पुराना शक्तिको सन्तुलन मिलाएर आफू अघि बढेको सन्देश दिएका छन् । गोरखा–२ लाई हेभीवेट नेताहरूको प्रतिस्पर्धा हुने क्षेत्रका रूपमा लिइन्छ । गत चुनावमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भट्टराईकै समर्थनमा यहाँ जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण