गोरखा–१ मा कांग्रेसबाट प्रेम खत्रीको उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १६ : १४
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट प्रेम खत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खत्रीले औपचारिक रूपमा आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।
खत्रीको उम्मेदवारी दर्ताका लागि प्रस्तावकमा नारायण लामिछाने रहेका छन् भने समर्थकमा लुमनाथ लामिछाने रहेका छन् । उम्मेदवारी दर्ता गर्न उनी पार्टीका नेता तथा कार्यकर्ताहरूसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
गोरखा १ मा कांग्रेसको तर्फबाट खत्रीको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण