लमजुङमा पृथ्वीसुब्बा र गमप्रसादसहित १२ जनाको उम्मेदवारी
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।
मंगलबार सदरमुकाम बेसीसहरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर १२ जनाले मनोनयन पत्र दर्ता गराएका हुन् ।
एमात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपा एमालेबाट पार्टीका उपाध्यक्ष एवं ‘हेभीवेट’ उम्मेद्वार पृथ्वीसुब्बा गुरुङले उम्मेदवारी दिएका छन् । उनलाई चुनौती दिन नेपाली कांग्रेसले जिल्ला सदस्य गमप्रसाद गुरुङलाई चुनावी मैदानमा उतारेको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट केन्द्रीय संगठन विभागका सदस्य धर्मराज केसीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट जिल्ला अध्यक्ष केविन्द्रजङ गुरुङ र नेकपाका तर्फबाट तत्कालीन माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य हरिजङ तामाङले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रबाट रवीन्द्र नखोलाले पनि मनोनयन दर्ता गराएका छन् ।
जिल्लामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का गुहेश्वरी प्रजापति मगजुले पनि उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामबन्धु गौतमले जानकारी दिए ।
यस्तै सन्तोष घिमिरेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ठुला दलबाहेक साना दलहरूले पनि लमजुङमा उम्मेदवारी दिएका छन् । नेसनल रिपब्लिक नेपालबाट भरत गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनबाट विकास गुरुङ, श्रम संस्कृति पार्टीबाट कोषलाल गुरुङ र जनादेश पार्टीबाट मिलन बास्कोटाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण