कास्की– २ मा १७ जनाको उम्मेदवारी दर्ता, कस्तो होला प्रतिस्पर्धा ?
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार पोखराको ड्यामसाइडस्थित निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार, कुल १७ उम्मेदवारमध्ये १२ जना राजनीतिक दलका तर्फबाट र ५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद बास्तोला र नेकपा एमालेबाट रश्मि आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।
संसद्को चौथो ठुलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उत्तमप्रसाद पौडेल चुनावी मैदानमा होमिएका छन् भने नेपाली कम्युनिस्ट पार्टीबाट हेमबहादुर थापा पराजुलीको उम्मेदवारी परेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट हेमजंग गुरुङ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) प्रेमबहादुर थापाले मनोनयन दर्ता गराएका छन् । यस्तै, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट विनीता अवाल, मंगोल नेशनल अर्गनाइजेसनबाट ओलबहादुर गुरुङ, नेपाल जनमुक्ति पार्टीबाट ख्यामबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालबाट ज्ञानराज गुरुङले मनोनयन दर्ता गराए ।
यसैगरी स्वतन्त्रतर्फ ५ जनाले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारहरूमा विष्णुप्रसाद तिवारी, रामचन्द्र आचार्य, निरञ्जन कोइराला, निर्दोष विक्रम पौडेल र वसन्तराज घिमिरे छन् । कास्की २ को यो निर्वाचनमा कांग्रेस, एमाले, नेकपा र रास्वपाबिच कडा प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण