बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कास्की–३ मा १५ जनाको उम्मेदवारी, को–को छन् चुनावी मैदानमा ?

मङ्गलबार, ०६ माघ २०८२, १९ : ०४
मङ्गलबार, ०६ माघ २०८२

पोखरा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा १५ जना उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गराएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार उम्मेदवार सबै राजनीतिक दलबाट मात्रै छन् । 

अघिल्लो पटक चुनाव जितेको एमालेले दामोदर बैरागीलाई दोहोर्‍याएको छ । उनलाई नेपाली काँग्रेसका मनोज गुरुङले टक्कर दिनेछन् । नेपाली कम्युनिस्ट पार्टीबाट गोपाल गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिना गुरुङ उम्मेदवार छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन प्रसाद खनालले उम्मेदवारी दिएका छन् । 

यस्तै, नेपाल मातृभूमि पार्टीका ओम प्रकाश विश्वकर्मा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का कमल खड्का विश्वकर्मा, आम जनता पार्टीका कुसल थापा क्षेत्री, मंगोल नेसनल अर्गनाइजेसनका जीवन बहादुर गुरुङ उम्मेदवार छन् । 

संयुक्त नागरिक पार्टीबाट टेक बहादुर सार्की, उज्यालो नेपाल पार्टीबाट तर्क बहादुर गुरुङ, नेसनल रिपब्लिक नेपालका तीर्थ गुरुङ, नेपाल जनमुक्ति पार्टीका मीन बहादुर थापा, नेपाल मजदुर किसान पार्टीका मिना न्हिसुतु र श्रम संस्कृति पार्टीका हित काजी गुरुङ मैदानमा छन् । 

कास्की ३ मा पूरा उम्मेदवार मध्ये ३ जना महिला छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिना गुरुङ, नेसनल रिपब्लिक नेपालबाट तीर्थ गुरुङ र नेपाल मजदुर किसान पार्टीबाट मिना न्हिसुतुलाई उम्मेदवार बनाइएको हो ।

सबैभन्दा कम उमेरका राप्रपाका ३६ वर्षीय अर्जुन प्रसाद खनाल छन् भने सबैभन्दा पाका उम्मेदवार ७० वर्षीय गोपाल गिरी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप