यी हुन् मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउने ११९ जना
सारांश
- मोरङका ६ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी मनोनयन सम्पन्न भयो।
- विभिन्न दल र स्वतन्त्र गरी जम्मा ११९ जनाले उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
- निर्वाचन आयोगले उम्मेदवारहरूको दाबी विरोध र छानबिनको प्रक्रिया अगाडि बढाउने जनाएको छ।
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन सम्पन्न भएको छ ।
मंगलबार ६ वटा निर्वाचन अधिकृतको कार्यालयमा मुख्य राजनीतिक दल र स्वतन्त्र गरी कुल ११९ जनाले उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ मा १७ जना, क्षेत्र नम्बर ३ मा २१ जना, क्षेत्र नम्बर ४ मा २१ जना, क्षेत्र नम्बर ५ मा २२ जना र क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी परेको छ ।
क्षेत्र नम्बर १ मा १८ जनाको उम्मेदवारी
१ लाख २८ हजार ५४५ मतदाता रहेको यस क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट खड्ग फागो, नेकपा एमाले बाट घनश्याम खतिवडा, नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसाद साम्बा र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन् । १८ जना उम्मेदवारमध्ये ५ जना स्वतन्त्र रहेका छन् । गत निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका थिए ।
क्षेत्र नम्बर २ मा १७ जनाको उम्मेदवारी
यस क्षेत्रमा नेपाली कांग्रेसबाट डा। मिनेन्द्र रिजाल, एमालेबाट दीलिप बगडीया, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रवीर राई र रास्वपाबाट कृष्णकुमार कार्की चुनावी मैदानमा उत्रिएका छन् । ४ जना स्वतन्त्रसहित यहाँ कुल १७ जनाको उम्मेदवारी परेको छ । गत निर्वाचनमा यस क्षेत्रबाट ऋषिकेश पोखरेल विजयी भएका थिए ।
क्षेत्र नम्बर ३ मा २१ जनाको उम्मेदवारी
१ लाख ५८ हजार ५७ मतदाता रहेको मोरङ ३ मा ७ जना स्वतन्त्रसहित २१ जनाको उम्मेदवारी परेको छ । यहाँ कांग्रेसबाट डा। सुनिल शर्मा, एमालेबाट इरान राई, नेपाली कम्युनिस्ट पार्टीबाट डा। देवेन्द्र साम्बाहाम्फे र रास्वपाबाट गणेश कार्की उम्मेदवार बनेका छन् । यसअघिको निर्वाचनमा पनि यहाँबाट डा। शर्मा नै विजयी भएका थिए ।
क्षेत्र नम्बर ४ मा २१ जनाको उम्मेदवारी
१ लाख १९ हजार २५५ मतदाता रहेको क्षेत्र नम्बर ४ मा कांग्रेसबाट गुरुराज घिमिरे, एमालेबाट जीवन घिमिरे, नेकपाबाट अमनलाल मोदी र रास्वपाबाट सन्तोष राजवंशीले उम्मेदवारी दिएका छन् । मोदी गत निर्वाचनका विजेता हुन् । यहाँ ४ जना स्वतन्त्रसहित २१ जनाले मनोनयन दर्ता गराएका छन् ।
क्षेत्र नम्बर ५ मा २२ जनाको उम्मेदवारी
सबैभन्दा बढी उम्मेदवारी परेको यस क्षेत्रमा कांग्रेसबाट फुलकुमार लालवानी, एमालेबाट मनोज अग्रवाल र नेपाली कम्युनिस्ट पार्टीबाट शिवकुमार मण्डल मैदानमा छन् । यस्तै, राष्ट्रिय ऊर्जाशील पार्टीका तर्फबाट योगेन्द्र मण्डल र रास्वपाबाट आशा झाले उम्मेदवारी दिएका छन् । १ लाख १० हजार १७७ मतदाता रहेको यस क्षेत्रमा कुल २२ जनाको उम्मेदवारी परेको छ ।
क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी
कांग्रेसका प्रभावशाली नेता डा। शेखर कोइरालाले क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका छन् । २०७९ को निर्वाचनमा पनि उनी यहीँबाट विजयी भएका थिए । यसपटक उनलाई एमालेका विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीका ओपेन्द्र राय र रास्वपाकी रुविना आचार्यले चुनौती दिँदैछन् । यहाँ कुल २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार मनोनयन दर्तासँगै मोरङमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । निर्वाचन आयोगले अब उम्मेदवारहरूको दाबी विरोध र छानबिनको प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण