रौतहटको ४ सिटमा १४३ जनाको उम्मेदवारी, महिलाको सङ्ख्या न्यून
सारांश
- फागुन २१ गते हुने निर्वाचनका लागि रौतहटका चारै क्षेत्रमा १४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
- उम्मेदवारको संख्या धेरै भए पनि महिलाको संख्या भने निकै कम देखिएको छ।
- क्षेत्र ४ मा स्वतन्त्रतर्फ महिलाको सहभागिता केही बढी देखिएको छ।
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटका चारै निर्वाचन क्षेत्रमा मंगलबार दलगत तथा स्वतन्त्र गरी कुल १४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारको सङ्ख्या उल्लेख्य भए पनि महिलाको सङ्ख्या भने निकै कमजोर देखिएको छ। दर्ता भएका कुल उम्मेदवारमध्ये १३० पुरुष र १३ महिला रहेका छन्।
निर्वाचन क्षेत्र १ मा दलगत र स्वतन्त्र गरी ३९ उम्मेदवार मैदानमा उत्रिएका छन्। यसमध्ये १८ दलगत र २१ स्वतन्त्र उम्मेदवार रहेका छन्। यहाँ ३ महिला र ३६ पुरुष उम्मेदवार दर्ता भएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिएका छन्।
निर्वाचन क्षेत्र २ मा २६ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। १४ दलगत र १२ स्वतन्त्र उम्मेदवार रहे पनि महिला उम्मेदवार शून्य रहेको निर्वाचन अधिकृत सीताराम खड्काले बताएका छन्।
त्यसैगरी, क्षेत्र ३ मा ४१ उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन्। यसमा १६ दलगत र २५ स्वतन्त्र उम्मेदवार रहेका छन् भने महिला उम्मेदवार ३ जना मात्र छन्। निर्वाचन अधिकृत अवध किशोरप्रसाद कुशवाहाका अनुसार यहाँ पनि पुरुष उम्मेदवारको वर्चस्व देखिएको छ।
क्षेत्र ४ मा ३७ उम्मेदवार दर्ता भएका छन्। दलगततर्फका १७ उम्मेदवार सबै पुरुष रहेका छन् भने स्वतन्त्रतर्फ २० मध्ये ७ महिला र १३ पुरुष उम्मेदवार छन्। निर्वाचन अधिकृत उद्धव ढोडारीले यस क्षेत्रमा स्वतन्त्रतर्फ महिलाको सहभागिता तुलनात्मक रूपमा केही बढी रहेको जानकारी दिएका छन्।
चारै निर्वाचन क्षेत्रमा उम्मेदवारको चाप बढेसँगै चुनावी सरगर्मी तातेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण