गौरीबहादुर नेतृत्वको जाँचबुझ आयोगको म्याद दोस्रो पटक थपिँदै
सारांश
- भदौ २३ र २४ गतेको आन्दोलनको घटनाको जाँचबुझ गर्न बनेको आयोगको म्याद थपिने तयारी छ।
- आयोगले प्रतिवेदन लेखनको काम ८० प्रतिशत सकेको जनाएको छ, र १५, २० दिन म्याद थप्न आग्रह गरेको छ।
- आयोगले पूर्वप्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा प्रमुखहरूसँग बयान लिएको थियो, तर प्रधानमन्त्रीले जवाफ दिएकी छैनन्।
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद दोस्रो पटक थप्ने तयारी भएको छ ।
आयोग गठन गर्दा सुरुमा ३ महिनाको समय दिएर घटनाको जाँचबुझ गरी प्रतिवेदन तयार पार्न भनिएको थियो । तर उक्त समयमा आयोगले काम नसकेपछि एक महिना म्याद थप गरिएको थियो । थपिएको म्याद पनि यही माघ ८ गते बिहीबार सकिँदै छ ।
‘प्रतिवेदन लेखनको काम सकिएको छैन । प्रतिवेदन लेखनका लागि अझै १५, २० दिन लाग्न सक्छ’, आयोगका प्रवक्ता विज्ञानराज शर्माले रातोपाटीसँग भने, ‘म्याद थप्ने÷नथप्ने सरकारको निर्णयमा भर पर्छ ।’
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अध्यक्ष कार्कीले यसबारे प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर काम नसकिएकाले आयोगले गरेका काम र बाँकी कामबारे जानकारी गराएका थिए । आयोग अध्यक्ष कार्कीको आग्रहलाई प्रधानमन्त्री कार्कीले भने कुनै जवाफ दिइसकेकी छैनन् ।
‘अध्यक्ष कार्कीको कुरा प्रधानमन्त्रीले सुन्नु भएको छ तर कुनै जवाफ दिइसकेको जानकारी छैन’, प्रधानमन्त्री कार्कीको सचिवालयका एक सदस्यले भने– ‘सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल गरेर निर्णय आउन सक्छ ।’
आयोगले भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धितहरूको बयान सकेर प्रतिवेदन लेखनको काम ८० प्रतिशत जति सकेको बताइएको छ । गत असोज ८ गतेदेखि काम थालेको आयोगले तोकिएको तीन महिना सकिएपछि पुसमा एक महिना थपिएको थियो ।
बढाइएको अवधिमा पनि काम नसकिएको भन्दै आयोगले अरू १५,२० दिन म्याद बढाउन आग्रह गरेको हो । पछिल्लो पटक थप गरिएको समय ८ माघ (बिहीबार) सकिँदैछ ।
यसबिचमा आयोगले पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, सुरक्षा प्रमुखहरु, मुख्यसचिव, सचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरका तत्कालीन प्रमुख, विभिन्न जिल्लामा त्यसबेला सुरक्षामा खटिएका कमान्डर र जेनजी अभियन्ताहरुसँग समेत बयान लिएको थियो ।
भदौ २३ को घटनामा राज्य पक्षबाट र २४ मा प्रदर्शनकारीबाट विध्वंस मच्चाइएको थियो । दुई दिनको उक्त घटनामा मुलुकमा ठुलो धनजनको क्षति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण