शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सेयर बजारमा गिरावट, कारोबार पनि घट्यो

बुधबार, ०७ माघ २०८२, १५ : ४४
बुधबार, ०७ माघ २०८२

काठमाडौं । सेयर बजार परिसूचक ९.४३ अंकले घटेको छ । बुधबार बजार घटेर २७०५.३८ विन्दुमा झरेको हो । मंगलबार ४२ अंक भन्दा धेरैले बढेर ५ महिनायताकै उच्च विन्दुमा पुगेको बजारले आज करेक्सनको बाटो लिएको हो। 

बजारसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ११ अर्ब ८५ करोडको कारोबार भएको थियो । बुधबार करेक्सनपछि ८ अर्ब ९२ करोडको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज २ करोड १६ लाख कित्ता खरिदबिक्री भएका छन् । 

यस दिन ८२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७४ वटा घटेको छ । ‍तीनवटा कम्पनीको मूल्यमा घटबढ भएको छैन । 

आज सबैभन्दा धेरै कालिका पावर कम्पनी ९.८४, नारायणी विकास बैंक ९.१६ प्रतिशतले बढेको छ । त्यसैगरी गुराँस लघुवित्त ५.८९, मञ्जुश्री फाइनान्स ४.६४, एचएलआई लार्ज क्याप फन्ड ४.५० घटेका छन् । 

आज आँखुखोला जलविद्युत् ४३ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट ३५ करोड, हिमालयन रिइन्स्योरेन्स ३३ करोड, युनाइटेड मोदी हाइड्रोपावर २८ करोड ९७ लाख र राधी विद्युत् २८ करोड २५ लाखको कारोबार भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप