ट्रम्पको ‘शान्ति बोर्ड’मा साउदीसहित सात देश सहभागी
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पको पहलमा शान्ति बोर्ड गठन हुँदै, जसमा साउदी अरेबिया, टर्की र इजिप्टसहित सात देश सहभागी हुने भएका छन्।
- पुटिनले बोर्डमा सहभागी हुन अध्ययन भइरहेको बताएका छन् र रुसले १ अर्ब डलर सहयोग गर्न तयार रहेको जनाएका छन्।
- बोर्ड गाजामा इजरायल-हमासबिचको युद्ध अन्त्य र पुनर्निर्माणका लागि लक्षित भए पनि प्यालेस्टिनी भूभागको उल्लेख छैन।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन हुन लागेको शान्ति बोर्ड ‘बोर्ड अफ पिस’मा साउदी अरेबिया, टर्की र इजिप्टसहित सात देश सहभागी हुने भएका छन् । संयुक्त वक्तव्यअनुसार साउदी अरेबिया, टर्की, इजिप्ट, जोर्डन, इन्डोनेसिया, पाकिस्तान र कतारले बोर्डमा आबद्ध हुने सहमति जनाएका छन् । यसअघि इजरायलले पनि आफ्नो सहभागिता सार्वजनिक रूपमा पुष्टि गरिसकेको छ ।
बुधबार साँझ ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि बोर्डमा सहभागी हुन सहमति जनाएको दाबी गरेका थिए । तर पुटिनले निमन्त्रणामाथि अध्ययन भइरहेको बताए । रोयटर्सका अनुसार पुटिनले बोर्ड मुख्यतः मध्यपूर्वसँग सम्बन्धित रहेको र रुस माथिको प्रतिबन्धका कारण रोक्का भएर बसेको आफ्नो सम्पत्तिबाट १ अर्ब अमेरिकी डलर सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् ।
सुरुमा यो बोर्ड गाजामा इजरायल–हमासबिच दुई वर्षदेखि चलिरहेको युद्ध अन्त्य गर्न र पुनर्निर्माणको निगरानीका लागि लक्षित मानिएको थियो । तर प्रस्तावित विधानमा प्यालेस्टिनी भूभागको उल्लेख छैन र यसले संयुक्त राष्ट्रसंघका केही भूमिकालाई प्रतिस्थापन गर्न खोजेको देखिन्छ ।
साउदी अरेबियाले भने मुस्लिम बहुल देशहरूको समूहले गाजामा स्थायी युद्धविराम, पुनर्निर्माण सहयोग र ‘न्यायोचित तथा दिगो शान्ति’ अघि बढाउने उद्देश्यलाई समर्थन गरेको जनाएको छ । यसबिच क्यानडा र बेलायतलाई पनि निमन्त्रणा दिइएको भएपनि सार्वजनिक प्रतिक्रिया आएको छैन । युएई, बहरेन, हंगेरीलगायत देशहरूले सहभागिता जनाइसकेका छन् । स्लोभेनियाका प्रधानमन्त्री रोबर्ट गोलोबले भने अन्तर्राष्ट्रिय व्यवस्थामा खतरनाक हस्तक्षेप हुने भन्दै निमन्त्रणा अस्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण