टिकटक बन्द गर्ने सरकारी आदेश अदालतले गर्यो बदर
काठमाडौँ । क्यानडाको सङ्घीय अदालतले देशभित्र चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकको सञ्चालन बन्द गर्न दिएको सरकारी आदेश बदर गरेको छ ।
बुधबार आएको फैसलाले टिकटकलाई हालका लागि क्यानडामा सञ्चालन जारी राख्न अनुमति दिएको छ । सरकारलाई उक्त निर्णय पुनरावलोकन गर्न निर्देशन दिएको छ ।
सन् २०२४ को नोभेम्बरमा क्यानडाको उद्योग मन्त्रालयले राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम देखाउँदै टिकटकको क्यानडाली व्यवसाय विघटन गर्न आदेश दिएको थियो ।
तर, प्रयोगकर्ताको पहुँच वा सामग्री सिर्जनामा रोक नलगाइने बताइएको थियो । क्यानडामा टिकटकका १ करोड ४० लाखभन्दा बढी मासिक प्रयोगकर्ता रहेको कम्पनीको दाबी छ ।
सरकारी आदेशविरुद्ध टिकटकले अदालतमा अपिल दायर गरेको थियो । सङ्घीय अदालतका न्यायाधीश रस्सेल जिन्नले उक्त आदेश खारेज गर्दै विषयलाई उद्योग मन्त्री मेलानी जोलीसमक्ष पुनरावलोकनका लागि पठाएका छन् । फैसलाको विस्तृत कारण सार्वजनिक गरिएको छैन ।
अदालतको निर्णयलाई स्वागत गर्दै टिकटकले सरकारसँग सहकार्य गर्न तत्पर रहेको जनाएको छ । पछिल्लो समय क्यानडेली प्रधानमन्त्री मार्क कार्नी चीनसँग नजिकिँदै सम्बन्ध सुदृढ गर्ने प्रयासमा छन् ।
टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा छ । प्रयोगकर्ताको डाटा सुरक्षाबारे क्यानडासहित अन्य कयौँ देशहरूले यो एपमाथि चिन्ता व्यक्त गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण