स्वर्णलक्ष्मी सहकारी घोटाला प्रकरण : जीबी राईका जेठानको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश
सारांश
- स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा ज्ञान बहादुर बमजनको पुनरावेदनमा उच्च अदालत पाटनले प्रमाण झिकाउने आदेश गरेको छ।
- बमजनले साधारण तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै पुनरावेदन दिएका थिए।
- बमजन हाल केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षका लागि थुनामा छन्, र उनी जीबी राईका जेठान हुन्।
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न ज्ञान बहादुर बमजनले दिएको पुनरावेदनमा उच्च अदालत पाटनले बिहीबार प्रमाण मिसिल झिकाउने आदेश जारी गरेको छ ।
बमजनले साधारण तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै गत पुस २२ गते उच्च अदालतमा पुनरावेदन दिएका थिए ।
काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार हाल केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका बमजनको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र अच्युत कुइँकेलको संयुक्त इजलासले प्रमाण मिसिल झिकाउने आदेश गरेको हाे ।
सिन्धुलीको दुधौली नगरपालिका–७ घर भएका ५४ वर्षीय बमजन गीतेन्द्रबावु राई (जीबी)का जेठान हुन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २०८१ पुस २१ मा रास्वपा सभापति रवि लामिछाने सहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । त्यसबेला बमजन प्रतिवादीको सूचिमा थिए ।
पोखरामा सञ्चालित सूर्यदर्शन सहकारीको रकम घोटाला प्रकरणमा भने उनी १० लाख धरौटीमा छुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण