पोखरा विमानस्थलमा भ्रष्टाचार प्रकरण : प्राधिकरणका तत्कालीन निर्देशकलाई साधारण तारेखमा छाड्ने आदेश
बिहीबार, ०८ माघ २०८२, १६ : ३७
काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दाको अभियोग लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक मुकुन्द प्रसाद भण्डारीलाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार तत्कालीन निर्देशक भण्डारीलाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २१ गते भण्डारीलाई ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँको बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
आयोगले प्राधिकरणका तत्कालीन निर्देशक भण्डारीसहित ५५ जनालाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण