शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सानिमा बैंकको ‘बिग मार्ट क्यासब्याक’ योजना पुनः सञ्चालनमा, हरेक शुक्रबार १० प्रतिशत छुट पाइने

बिहीबार, ०८ माघ २०८२, १६ : ५६
बिहीबार, ०८ माघ २०८२

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि ‘बिग मार्ट क्यासब्याक योजना’ पुनः सञ्चालनमा ल्याएको छ। यसअघि सञ्चालन गरिएको यो योजनामा ग्राहकको उत्साहजनक सहभागिता र अपार सफलता मिलेको भन्दै बैंकले समय थप गरी योजनालाई निरन्तरता दिएको हो।

यो योजना अन्तर्गत सानिमा बैंकका ग्राहकले हरेक शुक्रबार बिग मार्टका कुनै पनि आउटलेटबाट सामान खरिद गरी बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाउनेछन्। ग्राहकले कारोबार रकमको १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार यो योजना २०८३ साल असार मसान्तसम्म लागू हुनेछ।

ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल भुक्तानी प्रणालीतर्फ आकर्षित र प्रोत्साहित गर्ने उद्देश्यले यो पहल गरिएको बैंकले जानकारी दिएको छ।

यसका साथै, सानिमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न अस्पताल, सपिङ आउटलेट, होटल, रेष्टुरेन्ट तथा अन्य मर्चेन्टहरूमा पनि विशेष छुट प्राप्त गर्न सक्नेछन्। छुट सम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।

सानिमा बैंकले हाल सातै प्रदेशमा १३४ वटा कार्यालय तथा १२५ वटा एटिएम सञ्जाल मार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप