मदन भण्डारी विश्वविद्यालयको उपाध्यक्षमा डा. दिनेशराज भुजु नियुक्त
काठमाडौँ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट)को उपाध्यक्षमा डा. दिनेशराज भुजु नियुक्त भएका छन् ।
विश्वविद्यालयले उनलाई शैक्षिक तथा अनुसन्धान तर्फको उपाध्यक्ष पदमा नियुक्त गरेको हो ।
तीन दशकभन्दा बढी समयदेखि उच्च शिक्षा, अनुसन्धान र विज्ञान नीति क्षेत्रमा सक्रिय डा. भुजु हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का प्राज्ञ हुन् । उनी चीनको नर्थवेस्ट युनिभर्सिटीमा अतिथि प्राध्यापकका रूपमा पनि कार्यरत छन् ।
डा. भुजुले जापानको चिबा विश्वविद्यालयबाट इकोलोजी विषयमा विद्यावारिधि हासिल गरेका हुन् । उनले नास्टमा विज्ञान संकाय प्रमुख तथा विभाग प्रमुख, ख्वःप इन्जिनियरिङ कलेजका संस्थापक प्राचार्य, तथा मध्यपश्चिम विश्वविद्यालयका शैक्षिक संयोजक तथा कार्यकारी निर्देशक जस्ता जिम्मेवारी सम्हालेका छन् ।
उनको अनुसन्धान मुख्यतः चुरे क्षेत्रको इकोलोजी, हिमाली वृक्षरेखा तथा डेन्ड्रो–जलवायु विज्ञानमा केन्द्रित रहेको मदन भण्डारी विश्वविद्यालयले जनाएको छ ।
डा. भुजुले युनेस्को, युएनडीपी, इसिमोड, डब्लुडब्लुएफ तथा नेपाल सरकारको सहकार्यमा जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, विपद् जोखिम व्यवस्थापन र विज्ञान नीतिसम्बन्धी विभिन्न अनुसन्धान तथा नीतिगत परियोजनाहरूको नेतृत्व र परामर्श दिएका छन् ।
विश्वविद्यालयका अनुसार, उपकुलपति पदमा नियुक्त भएपछि डा. भुजुले शैक्षिक गुणस्तर सुधार, अनुसन्धान विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण