सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्छ: मन्त्री भण्डारी
सारांश
- राजेन्द्रसिंह भण्डारीले अर्थतन्त्र आत्मनिर्भर बनाउन श्रमको विकास गर्नुपर्ने बताए ।
- उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने र गुणस्तरीय वस्तु उत्पादनमा जोड दिन आग्रह गरे ।
- रोजगारी सृजना गर्ने उद्योगको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।
काठमाडौँ । रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन मागमा आधारित श्रमको विकास गर्नुपर्न बताएका छन् ।
फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको २४औँ साधारणसभामा उनले देशमा बढ्दो वैदेशिक व्यापार घाटामा कमी ल्याउन स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
नेपालमा उत्पादित सामग्रीलाई विदेशी बजारमा निर्यात गर्ने उद्योगलाई सरकारले सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री भण्डारीले विश्वबजारमा नेपाली सामग्रीलाई चिनाउनेगरी गुणस्तरीय वस्तु उत्पादन गर्न व्यवसायीलाई आग्रह गरे ।
स्वदेशी उत्पादनलाई वृद्धि, बजार व्यवस्थापन तथा उद्योग व्यवसायको प्रवर्द्धनमा निजी क्षेत्रसँग सरकारले सहकार्य गर्ने बताउँदै उनले ठुलो परिमाणमा रोजगारी सृजना गर्ने उद्योगलाई आवश्यक परेका नीतिगत समस्या तुरुन्तै समाधान गर्ने प्रतिबद्धता जनाए ।
श्रम मन्त्रालयमा केही सुधारका काम प्रारम्भ गरिएको बताउँदै मन्त्री भण्डारीले वैदेशिक रोजगारीका क्षेत्रमा सर्वसाधारण नागरिकलाई ठगी गर्ने मेनपावर कम्पनीको अध्ययन भइरहेकाले उनीहरूलाई चाँडै नै कडा कारबाही गरिने जानकारी दिए ।
मुलुकमा समग्र मागको करिब ८० प्रतिशत जुत्ता तथा चप्पल स्वदेशमै उत्पादन हुने जनाइएको छ । एसोसिएसनले सुरज बन्जाडेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण