शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चुनाव भयरहित वातावरणमा सम्पन्न गर्नु हाम्रो जिम्मेवारी हो : आईजी अर्याल

शुक्रबार, ०९ माघ २०८२, ११ : १८
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आर्थिक अभावका कारण सुरक्षाकर्मीको आवश्यकता पूरा नहुने बताए।
  • उनले चुनावलाई भयरहित बनाउन र फरार कैदी तथा लुटिएका हतियार नियन्त्रणमा लिन निर्देशन दिए।
  • सशस्त्र प्रहरी दिवसमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिने र कल्याणकारी सेवा विस्तार गर्ने घोषणा गरियो।

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आर्थिक स्रोतको अभावमा सुरक्षाकर्मीको सबै आवश्यकता पुरा नहुने कुरा स्विकार्नुपर्ने बताएका छन् । २५ औँ सशस्त्र प्रहरी दिवस, रजत महोत्सवको अवसरमा शुक्रवार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित समारोहमा अर्यालले भने, ‘आर्थिक स्रोत अभावमा हाम्रो सबै आवश्यकता पुरा नहुने कुरालाई स्विकार्नुको विकल्प छैन, अभावको खाडलको पूर्ति हाम्रो अठोटबाट हुनेछ ।’

जेनजी प्रदर्शनपछि खस्केको मनोबल मनोबल उकास्ने साधन इमान र बर्दिबाट आउने चमक रहेको अर्यालले बताए । उनले भने, ‘चुनाव भयरहित वातावरणमा सम्पन्न गर्नू हाम्रो जिम्मेवारी हो ।’ निर्वाचनको जिम्मेवारी सम्पूर्ण तवरले जिम्मेवारी पुरा गर्न अर्यालले सकलदर्जालाई निर्देशन दिएका छन् । फरार कैदी र लुटिएका हतियार नियन्त्रणमा लिन निर्देशन अर्यालले निर्देशन दिए ।

सशस्त्र प्रहरीमा २५ वर्ष सेवा अवधि पुरा गरेका कर्मचारी मध्येबाट एकजनालाई उत्कृष्ट छनोट गरेर सम्मान गरिने आईजी अर्यालले बताए ।

रजत महोत्सवको अवसरमा आईजी अर्यालले कल्याणकारी सेवा केन्द्रमार्फत दिइने सेवामा वृद्धि गर्ने घोषणा गरेका छन् । चार पाङ्ग्रे सवारी साधन खरिदमा दिइँदै आएको २० लाख ऋण थप गरेर २५ लाखसम्म कायम गरिने आईजी अर्यालले बताए । अबदेखि हरेक वर्ष घोषणा हुने वर्ष जवान, उत्कृष्ट अपरेसन कमान्डर र खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने सहित ४ जनालाई युएन मिसनमा पठाइने आइजी अर्यालले घोषणा गरेका छन् ।

सशस्त्रको कल्याणकारी कोषमा  ५ अर्ब १२ करोड मौज्दात छ । कोषबाट अमर प्रहरीका परिवारका ७० वर्ष पुरा गरेका एकजना अभिभावकलाई वार्षिक १२ हजार सामाजिक सुरक्षा कोषमा प्रदान गरिने अर्यालले बताए । जवान र अधिकृतहरूलाई कोषबाट दिइने ऋणको सीमा पनि बिस्तार गरिएको आईजी अर्यालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप