कांग्रेस फेरि पनि पहिलो पार्टी बन्छ : अर्जुनरसिंह केसी
काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी बन्ने बताएका छन् । नेपाली कांग्रेस पार्टी कार्यलय सानेपामा पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेसको विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा सिर्जना गरेको बताए । उनले पार्टीका सबैलाई समेटेर एकीकृत रुपमा अगाडी बढ्नुपर्ने बताउँदै आगामी फागुन २१ गतेहुने निर्वाचनमा फेरि पनि पहिलो दल हुने दाबी गरे ।
नेपाली कांग्रेस विघठित प्रतिनिधिसभाको पनि पहिलो दल हो । उनले भने, ‘पार्टीको निम्ति र समग्र देशवासीको निम्ति उत्साह, नयाँ आशा र नयाँ भरोसा सिर्जना गरेको छ । यसलाई हामीले सबैलाई समेटेर एकीकृत रुपबाट हामी अगाडि बढ्नुपर्छ । नेपाली कांग्रेस फेरि पनि पहिलो पार्टी हुन्छ ।’
उनले पार्टी सभापति गगन थापा एकै निर्वाचन क्षेत्रबाट पटक पटक उम्मेदवार हुन नहुने मान्यता राखेर सर्लाही–४ बाट उम्मेदवार बनेका उनले बताए । यसअघि पनि थापा मधेसमा जान खाजेको भएपनि परिस्थिति नमिलेको बताए ।
नेपाली कांग्रेस र लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको मधेसलाई सभापति थापाले प्राथमिकतामा राखेर त्यहाँबाट उम्मेदवारी दिएको उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण